
सिमकोट- कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । सुर्खेतबाट शुक्रबार बेलुका ६ बजे कैलालीको मोहन्याल गाउँपालिकाको कोलतडी जाने क्रममा नदीमा डुङ्गा पल्टिएको थियो ।
डुङ्गा पल्टिँदा सुर्खेतकाे चौकुने गाउँपालिका वडा नम्बर २ का १० वर्षका हिरु विक, मोहन्याल गाउँपालिका २ कोलतडीकी २५ वर्षकी मानकु विक र उनका ४ वर्षका छोरा धनबहादुर विक रहेको अस्थायी प्रहरी चौकी लगामका प्रहरी सहायक निरीक्षक सुबिन शाहले बताए ।
बन्दाबन्दीको कारण कर्णाली नदीको पुलबाट आवातजावत बन्द गरिएपछि यात्रुहरु डुङ्गा चढ्ने गरेका थिए । नदीमा पल्टिएको डुङ्गाका चालक भने पौडी खेलेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।