हुम्लाबाट हेलिकोप्टरमा स्वाब संकलन गरी जुम्ला लगियो

हुम्लाबाट हेलिकोप्टरमा स्वाब संकलन गरी जुम्ला लगियो
+
-

सिमकोट-सडक सञ्जाल नजोडिएको हिमाली जिल्लामा संकलन गरिएका स्वाव हेलिकोप्टरमा जुम्ला लिनका लागि हेलिकोप्टर हुम्ला पुगेको छ।

संकलित स्वाब छिटो रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याउने अनय माध्याम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानले हेलिकोप्टरको गरेको हो।

साबिकका कर्णाली अञ्चलमा जिल्लाहरुमा स्वाब संकलन र परिक्षणको जिम्मेवारी पाएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हुम्ला जिल्लामा हेलिकोप्टरबाट स्वाब संकलन कार्य हेलिकोप्टरबाट सुरु भएको हो।

यसअघि प्रतिष्ठानबाट खटिएको चिकीत्सक सहितको टोलीले संकलन गरेका स्वाबहरु हेलिकोप्टरमा ढुवानी गरेर जुम्ला लगिनेछ। प्रतिष्ठानको योजना दक्षिणी हुम्लाका चार वटा गाउँपालिका चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोटबाट एक एक सय स्वाब संकलन गरेर परिक्षणका लागि जुम्ला लिन हेलिकोप्टर हुम्ला आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए।

संकलित ती स्वाबहरु लिन सबै गाउँपालिका केन्द्रमा हेलिकोप्टर पुग्ने छ। अहिले दिउसोसम्म नाम्खा गाउँपालिकाबाट ४१ वटा र सर्केगार्ड गाउँपालिकाबाट पचास वटा स्वाब प्रतिष्ठानबाट हेलिकोप्टरमा आएको टोलीले लिएको छ। बाँकी अरु तीन वटा गाउँपालिकामा हेलिकोप्टर पुगेर संकलित स्वाबहरु लिनेछ।
संकलित स्वाबहरु लिन प्रतिष्ठानमा निर्देशक डां मंगल रावलको टोली आएको छ ।

आरडिटी पोजेटिभ आएको स्वाब पनि जुम्ला लगिदै


यसैबिच नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीमा एकजनामा आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ।

सो रिपोर्ट पनि प्रतिष्ठानको टोलीले पिसिआर परिक्षणका लागि जुम्ला लगेको नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नयन भण्डारीले बताए।

प्रतिष्ठानको टोली अहिले पनि होलिकोप्टरमा स्वाब संकलनमै रहेको छ । संकलित स्वाबको परिक्षण जुम्लामा भोली मात्र हुने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?