सन्दर्भ : विश्व कविता दिवस

साझा मानवीय संवेदना र सपना समेट्ने माध्यम कविता

साझा मानवीय संवेदना र सपना समेट्ने माध्यम कविता
+
-

काठमाडौं – हर्ने फरक आँखा । देख्ने फरक तस्बिर । दुःखलाई त्यो भन्दा पर । खुशीलाई भए भन्दा सुन्दर देख्ने अनि देखाउने माध्यम कविता । मानवीय सिर्जनाको उच्चतम सिर्जनात्मक स्वरुप कविताको सम्मान गर्दै बुधबार विश्व कविता दिवस मनाईंदै छ ।

कविता मानवीय संवेदना अनि समय र समुदायको परिवेशको चिरित्र चित्रण । भावनालाई फरक रुपमा देखाउने कला । रहरलाई सपना र सपनालाई रहर बनाउन सक्ने माध्यम ।

यसको सम्मानमा विश्वभरका कवी जो आफूले बोल्ने वा लेख्ने भाषामा लेख्छन् । अनि उनीहरु पनि जो आफूले बुझ्नो जुन छ त्यही माध्यमबाट कविता सुन्छन्, उनीहरुले बुधबार विश्वभर कविता दिवस मनाउँदैछ ।

विश्व कविता दिवस काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरिँदैछ । दिवसको अवसरमा भक्तपुरमा विशेष कार्यक्रम हुँदैछ । अरु साहित्यिक संघ–संस्थाले पनि कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००२ देखि मात्रै कविता दिवस मनाउन थालिएको हो ।

कविताले साझा मानवीय भावना सार्वजनिक गर्ने र त्यसलाई सम्मान गर्नका लागि दिवस महत्वपूर्ण हुने युनेस्कोले जनाएको छ ।

जुन भाषामा लेखिएको भए पनि कविताले समेट्ने भनेको मानवीय संवेदना, साझा प्रश्न, साझा भावना रहेको युनेस्कोको भनाई छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।

कविताको आधार मौखिक रुपमा पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएको कलात्मक प्रस्तुतिसँग जोडिएको छ । दिवसले यो सँस्कृतिलाई सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।

विश्व कविता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको छ । यस्तै भक्तपुरमा पनि विशेष कार्यक्रम हुँदैछ । अरु साहित्यिक संघ–संस्थाले पनि कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००२ देखि मात्रै कविता दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल र्पुयाउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ  ।कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?