जुम्लामा नयाँ प्रवेश गर्ने गाडीमा आउने यात्रुलाई स्कटिङ्ग गरेर क्वारेन्टिनमा राख्न सुरु

जुम्लामा नयाँ प्रवेश गर्ने गाडीमा आउने यात्रुलाई स्कटिङ्ग गरेर क्वारेन्टिनमा राख्न सुरु
+
-

सिमकोट-पछिल्लो पटक बिहीबारबाट भारतबाट उद्धार गरिएका नागरिक जुम्ला आउने क्रम सुरु भएसंगै संभाबित कोरोना संक्रमणको त्रासले उच्च सतर्कता अपनाइएको छ।

भारतबाटै आएका कर्णाली प्रदेशकै दैलेख जिल्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जुम्लामा एकिकृत क्वारेन्टिन निर्माण गर्दै परिक्षणको दायरा बढाउदै साबधानी अपानाइएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै ब्लगमा सबै गाउँपालिका र छिमेकी जिल्लाका लागि आउने ब्यक्तिहरु संगै राख्नका लागि एककृति क्वारेन्टिन स्थापना गरिएको बताउदै प्रमुख जिल्ला अधिकारी एवम् उद्धार ब्यबस्थापन समितिको संयोजक दुर्गा बञ्जाडेले कोरोना संक्रमणको परीक्षणको दायरा बढाईएको बताइन्।

यसअघि स्थानीय तह अनुसार क्वारेन्टिनको ब्यबस्था गरिएको भएपनि अब त्यो रणनीति परिबर्तन गर्र्दै एकिकृत क्वारेन्टिन स्थापना गरेर राख्न थालिएको छ । त्योसँगै भारत तथा देशका अन्य स्थानबाट जिल्लामा प्रबेश गर्ने सबैलाई नाकाबाटै सुरक्षाकर्मीले स्कटिङ्ग गरेर क्वारेन्टिनमा राख्ने ब्यबस्था गरिएको उनले बताईन।

क्वारेन्टिनमा पनिभित्र प्रहरी, सशस्त्र प्रहरी र बाहिरी क्षेत्र हेर्न नेसाली सेनालाई सुरक्षार्थ खटाइएको छ। अर्को यस पटक एउटा बसमा आउने ब्यक्तिहरु सबैलाई संगै राख्ने ब्यबस्था समितिले गरेको छ । किन भने एउटै बसमा आउदा सामाजिक दुरी कायम नगरि आउने भएको कारण यस्तो गर्नु परेको प्रजिअ बञ्जाडेले बताईन्।

अर्को बसमा आउनेलाई अर्कै ब्लकमा राख्ने ब्यस्था गरिएको छ । बिहीबार मात्र ४३ जना भारतबाट आएकाहरु जुम्ला पुगेसंगै क्वारेन्टिनमा राखिएको छ । उनीहरु मध्य एक जना हुम्ला, एक जना मुगु र अर्का एक ब्यक्ति कालिकोटमा रहेका छन् । उनीहरुलाई चौध दिन क्वारन्टिनमा राखेर पिसिआर परिक्षण पनि सम्वन्धित जिल्ला पठाईने छ।

शुक्रबार थप ४१ जना जिल्ला भित्रिने खबर आएको बताउदै प्रजिअ बञ्जाडेले सबै स्थानीय तहको आकडा अनुसार छ हजार ब्यक्ति जुम्लाका जिल्ला बाहिर रहेको अनुमान छ । हालको क्वारेन्टिन सानो हुने भन्दै समितिले अब बाँकीका लागि बिद्यालयको क्वारेन्टिन बनाउने तयारी भै रहेको छ।

जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानसंग पिसिआर परिक्षण मेशिन भएयता एक हजार छ यस भन्दा बढी जुम्लाबासीको कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसै गरि हुम्ला र मुगुबाट पनि स्वाब संकलन गरेर प्रतिष्ठानमा परिक्षण गरिएको थियो।

मेशिन स्थापनाले पनि कोरोना संक्रमण परिक्षणका सहजता आएको हो । हालसम्म सुरक्षित रहेको जुम्लालाई पछिल्लो पटक भारतबाट आउने क्रम सुरु भएसंगै हाई एलर्टमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?