कोभिड–१९ मा हाइड्रोक्सिक्लोरोक्वीनको प्रभावकारिता सम्बन्धी अनुसन्धान

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमणमुक्त हुनका उपायोगी हुने भन्दै लगातार सुझ्याउँदै आएको औषधिले वास्तवमा संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखिएको छ ।

द ल्यानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार ट्रम्पले सुझाउँदै आएको होइड्रोक्सिक्लोरोक्वीनले बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको छ ।

मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्दा कुनै फाइदा नहुने ल्यानसेटको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको बताएका थिए । डाक्टर तथा स्वास्थ्य विज्ञहरुले गम्भीर चासो र चेतावनी दिए पनि ट्रम्पले लगातार सो औषधिले कोरोना भाइरसको संक्रमण निको हुने बताउँदै आएका छन् ।

अहिलेसम्म भएका कुनै पनि अनुसन्धान तथा परीक्षणहरुमा हाइड्रोक्सिक्लोरोक्वीनले कोभिड–१९ को उपचारमा सकारात्मक प्रभाव पार्ने देखिएको छैन ।

यो औषधि मलेरियासहित लुपस वा आर्थ्राइटिसको उपचारमा प्रयोग हुँदै आएको हो । तर अहिलेसम्म भएका कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न स्वीकृति दिएका छैनन् ।

ल्यानसेटले कोरोना भाइरसका ९६ हजार संक्रमितमाथि अनुसन्धान गरेको हो । त्यसमध्ये झण्डै १५ हजारलाई हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीनको सम्बन्धित औषधि दिइएको थियो । यो औषधि एन्टिबडीसहित वा एन्टिबडी बाहेक दिइएको हो ।

अर्को समूहका बिरामीको तुलनामा हाइड्रोक्सिक्लोरोक्वीन दिइएका बिरामीको अस्पतालमै मृत्यु हुने वा मुटुको चाल असामान्य हुने समस्या बढी देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन अनुसार हाइड्रोक्सिक्लोरोक्वीन दिइएका कोभिड–१९ का बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्वीन दिइएका बिरामीको मृत्युदर १६.४ प्रतिशत तथा अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत देखिएको छ ।

एन्टिबडीसहित हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन दिएर उपचार गरिएका बिरामीको मृत्युदर अझ बढी देखिएको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानकर्ताले क्लिनिलक ट्रायल बाहेक हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न चेतावनी दिएका छन् ।

ट्रम्पले भने आफू अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभएको र हाइड्रोक्सिक्लोरोक्वीनले संक्रमण रोक्न सहयोग गर्ने सोचेर आफूले औषधि खाइरहेको बताएका थिए ।

हाइड्रोक्सिक्लोरोक्वीनको हाल अनुसन्धान भने भइरहेको छ कोरोना भाइरसको उपचार वा संक्रमण नियन्त्रणमा यसको प्रभावकारिता हेर्नका लागि । युरोप, अफ्रिका, एसिया तथा दक्षिण अमेरिकाका ४० हजार भन्दा बढी स्वास्थ्यकर्मीलाई यो अनुसन्धान अन्तर्गत हाइड्रोक्सिक्लोरोक्वीन दिइएको छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?