कर्णालीमा थप तीन जनामा कोरोना पुष्टि

कर्णालीमा थप तीन जनामा कोरोना पुष्टि
+
-

सिमकोट– कर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार आएको रिपोर्ट अनुसार कर्णालीमा तीन जना संक्रमित थपिएका हुन्।

भारतबाट आएका तीनै जनाको यसअघि प्रदेश अस्पतालमा पिसिआर परिक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परिक्षणको लागि शुक्रबार नेपालगंज पठाइएको थियो।

सुर्खेतको बराहताल गाउँपालिकाका दुई जना र चौकुने गाउँपालिकाका एक जना गरी तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन्ट ( मेसु) डा. डम्बर खड्काले बताए।

उनीहरु तीन जनाको बिहीबार भारतबाट उद्धार गरी ल्याएर बबईमा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। बबईमा आठ सयभन्दा बढीको आरडिटी गर्दा १५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो। उनीहरुमध्ये तीन जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको हो।

यसअघि कर्णालीमा पहिलो पटक दैलखको आठबिस नगरपालिका वडा नम्बर १ का एक जनामा कोरोना देखिएको थियो। यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ।

कोरोना संक्रमण देखिएका चारै जनाको प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेशनमा राखि उपचार भइरहेको मेसु डा. खड्काले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?