कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिन जडान हुँदा कोरोना परीक्षणमा सहजता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिन जडान हुँदा कोरोना परीक्षणमा सहजता
+
-

काठमाडौँ– कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान भएपछि यस क्षेत्रमा कोरोना भाइरसको परीक्षण सहज भएको छ।

प्रतिष्ठानमा पीसीआर मेसिन जडान भएसँगै कोरोनाको आशंका गरिएकाहरुको नमुना परीक्षणका लागि स्वाब सुर्खेत तथा नेपालगञ्ज पठाउनुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावल बताउँछन्।

जुम्लामा पीसीआर मेसिनका साथै विशेषज्ञ सेवा उपलब्ध हुँदा यसक्षेत्रमा कोरोनाविरुद्धको लडाईँमा सहजता हुने जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्। अहिलेको कोरोना कहरबाट मुक्ती पाउन पीसीआर परीक्षणको उपकरण नै प्रतिष्ठानमा जडान हुँदा जनतालाई निक्कै राहत महशुस भएको उनको भनाइ छ।

प्रतिष्ठानमा पीसीआर परिक्षण मेशिन स्थापना भएको १५ दिनमै दुई हजार ७ सय ५५ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए।

प्रतिष्ठानले साबिक कर्णाली अञ्चलका पाँच वटै जिल्लाबाट स्वाबहरु संकलन गरेर परीक्षण कार्य गर्दै आएको छ। डोल्पा, मुगु र हुम्लाबाट स्वाब हेलिकप्टरमा ल्याएर परीक्षणको व्यवस्था गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?