च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा, लकडाउनमा पनि काम धमाधम

च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा, लकडाउनमा पनि काम धमाधम
+
-

सिमकोट – कर्णाली करिडोरको निकै नै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ ।

निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरेको भएपनि पटक पटक प्राविधिक कठिनाईले गर्दा काम रोकिएको भएपनि अहिले बन्दाबन्दीमा काम सुचारु गरिँदा कडा चट्टानी भागमा ट्रयाक खोल्ने कार्य पूरा भएको हो ।

असजिलो र चट्टानी भागमा बिष्फोट गरेर सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि अन्तिम छेउसम्म मेशिन आई सम्याउने कार्य पूरा भएको निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि तेज बहादुर महतले बताए । उनले अब लेबल मिलाउने काम मात्र बाँकी रहेको बताए ।

च्याछरा भीर कर्णाली करिडोरकै सबै भन्दा असजिलो क्षेत्रमा पर्छ । डेढ वर्ष अगाडि बिष्फोटक पदार्थको व्यवस्था हुँदा कामले गति लिएको बताउँदै उनले अहिले बन्दाबन्दीमा पनि सडकको लेभल मिलाउने कार्य भैरहेको बताए ।

च्याछरा खण्डको भीर फुटाउने कार्य पुरा भएसँगै प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए । आगामी असार मसान्तसम्म उक्त खण्डमा गाडी गुड्ने उनले दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?