तत्कालीन माओवादी द्वन्द्वका बेला राखिएको पाइप बम फेला

तत्कालीन माओवादी द्वन्द्वका बेला राखिएको पाइप बम फेला
+
-

सिमकोट-डिभिजन बन कार्यालयको नया भवनको घरवार गर्ने क्रममा पाईप बम भेटिएको छ।

भवनको घरेवारको लागि वाल लगाउन जमिने खन्‍ने क्रममा नेपाल प्रहरीले आफ्नो सुरक्षाका लागि राखिएको बम हालसम्म उक्त स्थानमा बम छ भन्ने कसैले पत्ता नलगाएको कारण काम गर्ने क्रममा भेटिएको हो।

काम गरि रहेको बेला वालको जग खन्ने बेला रुखको जरा नजिक पाईप बम भेटिएको भवन निर्माण कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र रावले बताए। काम गर्ने महिलाहरुले नर्सरीमा बिरुवा रोप्ने प्लाष्टिक भएको भनेर खोतल्ले प्रयास पनि गरेको थिए। तर पछि शंका लागेपछि खोल्न छोडेको उनले बताए।

ठूलो घटनाबाट आज बचिएको रावतले बताए। बम भेटिएपछि सुरक्षाकर्मीलाई खबर गरिएको उनले बताए । बम भेटिएको खबर आउना साथ डिस्पोजको तयारी गरिएको प्रहरीले जनाएको छ। बम डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली बम भेटिएको स्थानमा खटिएको छ।

बम भेटिएको स्थानबाट टोलीले सो बम स्वास्थ्य सेवा कार्यालयको तल लगेर डिस्पोज गर्ने तयारी गरि रहेको छ । हुम्लामा तत्कालीन माओवादी द्धन्द २०५७ सालपछि निक्कै चर्किएको र सो अबधिमा जिल्ला प्रहरी कार्यालयले आफ्नो सुरक्षाका लागि काँडेतारबार सहित बम बिच्छाउने कार्य गरेको थियो।

द्धन्द समाधान पछि अन्य बम डिस्पोजल गरिएको भएपछि उक्त बम छुटेको हुन सक्ने प्रहरीले जनाएको छ । बम भेटिएको स्थान प्रहरी कार्यालय करिब तीस मिटरको दुरीमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?