कर्णाली प्रदेशले टुंग्यायो सार्वजनिक विदा, कुन-कुन पर्वमा विदा ?

कर्णाली प्रदेशले टुंग्यायो सार्वजनिक विदा, कुन-कुन पर्वमा विदा ?
+
-

सिमकोट-कर्णली प्रदेश सरकारको मन्त्रीपरिषदले प्रदेशभर वर्षभरि दिने सार्वजनिक बिदाको टुंङ्गो लगाएको छ। मन्त्री परिषदको बैठकद्धारा कर्णाली प्रदेशभर बर्षमा सात दिन सार्वजनिक विदा दिने गरी निर्णय भएको हो।

मन्त्रीपरिषदको निर्णय अनुसार २०७७ सालको असार १५ गते नौ वटा जिल्ला र चैत्र १२ गते जुम्ला जिल्लामा धान दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरिएको प्रदेश सरकार कृषि मन्त्री बिमला केसीले बताइन्।

त्यसैगरी श्राबण १ गते साउने सक्रान्ति तथा देउडा दिवस, भाद्र ४ गते प्रदेश स्थापना तथा शहिद दिवस, असोज कृष्ण त्रियोदसीमा चन्द्रनाथ मन्दिरको लिंगो बोक्ने मेला जुम्ला जिल्लाका लागि सार्वजनिक विदा दिने मन्त्री परिषदले गरेको छ।

त्यसैगरी माघे सक्रान्ति माघ १ गते, चैते दशै र फोत्तोलो ल्होसार तीथि अनुसार सार्बजनिक बिदा दिने निर्ण गरिएको मन्त्री केसीले बताइन्। यी सबै बिदा राजपत्रमा स्रकाशन गरि लागु हुनेछन्।

त्यसैगरी मन्त्री परिषदले अहिलेको बिषम अबस्थाका नेपाल प्रहरी र सशसत्र प्रहरी अन्य कार्यमा समेत खटिनु पर्ने भएको कारण नेपाली सेनालाई परिचालन गर्नु पर्ने भएको कारण त्यसको स्वीकृतिका लागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले पुर्बाधार विशेष कार्यक्रम सञ्‍चालनका लागि कर्णाली प्रदेश विनियोजित आदेश परी जारी गरेको छ। प्रदेशमा ब्यापार ब्यबसाय संचालन गर्न बनेको बिधेयक सभामा पेश गर्ने स्वीकृत दिने पनि बैठकले निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?