काठमाडौं र नेपालगञ्जमा अलपत्र २५७ जना हुम्लाबासीको उद्धार सुरु

काठमाडौं र नेपालगञ्जमा अलपत्र २५७ जना हुम्लाबासीको उद्धार सुरु
+
-

सिमकोट-दुई   महिनाभन्दा बढी समय लकडाउनले गर्दा काठमाडौं र नेपालमा अलपत्र परेका २५७ जना दक्षिणी हुम्लाबासीलाई उद्धार सुरु गरिएको छ ।
काठमाडौंबाट उद्धार गरिएका हुम्ली बोकेर सात वटा गाडी छुटेको र ती गाडीले नेपालगंजबाट अलपत्र नागरिकलाई बोकेर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुदै मुगुसम्म पुर्याउने ब्यबस्था गरिएको छ ।

उद्धार गरिएका नागरिक अधिकाँस बिधार्थी रहेको बताउदै उद्धार कार्यमा खटिएका सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ निबासी धनराज शाहीले उनीहरु यो लकडाउनमा पिडामा रहेको कारण संघीय सासदहरुको पहलमा उद्धार कार्य गरिएको बताए।

काठमाडौंमा रहेका धेरै बिधार्थीहरुसं घरखर्च समेत नरहेको बेला उद्धार गरिएको उनले बताए । यसमा चंखेली गाउँपालिकाका ३३ जना र सर्केगार्ड गाउँपालिका २२४ जना नागरिक रहेको छन् । हुम्ला उद्धार गरिएका नागरिकहरु बोक्ने गाडीका लागि गृहमन्त्रालयले पास उपलब्ध गराएको छ।

गाडी भाडा भने उद्धार गरिउका नागरिक आफैले हालेका छन् । स्थानीइ सरकारले नागरिकको यो पिडालाई सुनुवाई गर्न नकसेको सहयोगी शाहीले बताए । काठमाडौ र नेपालगंजबाट उद्धार गरिएका नागरिकहरु मुगु पुग्न दुई दिन लाग्ने र त्यसपछि चंखेली र सर्केगार्ड गाउँपालिका पुग्न एक देखि दुई दिन लाग्ने छ।

यी उद्धार गरिएका नागरिकहरुलाई चार सय बोटल पानी र चार सय थान माक्स काँग्रेस हुम्लाका सभापति जयपति रोकाया र सेनिटाईजर हुम्ला जिल्लाका सांसद रंगमति शाहीले सहयोग गर्नु भएको शाहीले बताए। जिल्लामा पुगेपछि सबै नागरिकलाई सम्बन्धित गाउँपालिका र वडाले क्वारेन्टिनमा राख्ने ब्यबस्था गर्नु पर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?