
सिमकोट-बुधबार कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएका सबैको पीसीआर परिक्षण पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा गर्दा रिर्पोट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएका वीरेन्द्र नगरपालिका र चौकुने पालिका १३ जना, बझाङ जिल्लाका एक जना र एक जना नाम र ठेगाना नखुलेको गरि १५ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए । यसबाट सुर्खेतमा एक्कै दिन १३ जना थपिएका छन्।
नयाँ संक्रमित १५ जना मध्य वीरेन्द्र नगर पालिका वडा नम्बर ३ का एक जना, ४ का ६ जना, ५ का एक जना, ९ का एक जना, ११ का एक जना र चौकुने गाउँपालिका ३ जना रहेका छन्।
त्यसैगरी बझाङ जिल्लाका ५५ बर्ष ठेगाना नखुलेका र एक जना मुख नआउने र ठेगाना पनि नखुलेकी महिला रहेकी छन्। उनीहरुको ठेगानाका बारेमा प्रहरी सुचना संकलन भइरहेको छ।
उनीहरुको पनि प्रदेश अस्पतालको कोरोना बिशेष वार्डमा ल्याई उपचार भइरहेको छ। भारतबाट आएका उनीहरु सबैको बबईमा आरडिटी परिक्षण गर्दा पोजेटिभ आएको त्यस लगत्तै उनीको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना अस्पतालमा उपचार सुरु भएको हो।
यसअघि भारतबाटै आएका सुर्खेतका १५ जना र दैलेअका आठ जना गरि २३ जनामा कोरोना पुष्टि भएर उपचार भइरहेको छ।