
काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसइइ) बिहीबारदेखि सुरु भएको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ परीक्षाको सुरु भएको हो ।
परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।
परीक्षाको पहिलो दिन अवलोकनका लागि शिक्षा मन्त्री बिहानै परीक्षा केन्द्रसम्म पुगेका थिए । विद्यार्थीले प्रश्नको उत्तरमा आफ्नो भविष्यको बाटो खोजी रहेका छन् भने शिक्षा मन्त्री गिरिराजमणि पोखरेल शान्तीपूर्ण परीक्षा व्यवस्थापनका लागि आफै खटिएका छन् ।