कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सभामा पेश

कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सभामा पेश
+
-

सिमकोट-कर्णाली प्रदेश सरकारद्धारा शुक्रबार आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिएको छ। प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले सो नीति तथा कार्यक्रम सभामा पेश गरेका हुन।

प्रदेश सरकारले सभामा पेश गरेको नीति तथा कार्यक्रममा मुख्य नीतिका रुपमा समृद्ध कर्णाली सुखारी कर्णालीबासी लिइएको छ र यसलाई सार्थक तुल्याउन कार्यक्रम अगाडी बढाईने जनाइएको छ। त्यसैगरी कार्यक्रममा स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, आजिबीका, पुर्बाधार र समृद्धि लाई मुल ध्ययका रुपमा लिएको उल्लेख गरिएको छ।

नीतिमा कोरोना भाईरस संक्रमण बिरुद्ध अधिकांस कार्यक्रमहरु परिचालन गर्ने उल्लेख गरिएको छ। त्यसैगरी अन्य स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।

प्रदेश सरकारको नीतिमा सबे जिल्ला अस्पतालमा कम्तीमा पचासदेखि एक सय शैयाका आइसोलेसन कक्ष, कम्तीमा पाँच शैयाका आइसियु कक्षा र कम्तीमा एक भेन्टिलेटर सहितको सघन उपचार कक्षको ब्यबस्था गर्ने उल्लेख गरिएको छ र साथै स्वास्थ्यकर्मीहरुका लागि बिशेष प्रोत्साहन भत्ताको पनि ब्यबस्था गरिने भएको छ।

घुम्ती स्वास्थ्य र दुर स्वास्थ्य सेवाको अतिरिक्त वैकल्पिक चिकीत्सा पद्धतीको बिकास र बिस्तार गर्ने कुरा नीतिमा उल्लेख गरिएको छ । यस अघि कर्णालीका हिमाली जिल्लाहरुमा सुत्केरी तथा गर्भवती महिलाका लागि हवाई उद्धार गर्ने कार्यक्रमलाई निरन्तरता दिने कुरा उल्लेख गरिएको छ।

मुख्यमन्त्री युवा उद्यमी अभियान, मेरो किसान मेरो अन्नदाता अभियान, जीवन उपयोगी शिक्षा र सीप युक्त ज्ञान, कर्णाली सरकार सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम, बैंक खाता छोरीको सुरक्षा जीवनभरि, महिला आयआर्जन कार्यक्रम, खाना, नाना र छाना कार्यक्रम, कर्णालीको पानी जनताको लगानी अभियान, एकिकृत बस्ती तथा सामाजिक रुपान्तरण कार्यक्रमलाई निरन्तरता तथा नयाँ कार्यक्रम संचालनमा आउने नीतिमा उल्लेख गरिएको छ।

सम्बृद्धिका लागि वन कार्यक्रम, जमिन बाँझो नराखौ, सक्नेलाई खेती गर्न दिउ अभियान, मनोरन्जन, स्वास्थ्य र व्यक्तित्वका लागि खेलकुद, जनतासंग कर्णाली सरकार कार्यक्रम, हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रम, पाँच करोड भन्दा माथिका कार्यक्रम तथा आयोजनाको कार्यान्वयन प्रभावकारीता अभिबृद्धि गर्न उच्च स्तरीय अनुगमन सम्यन्त्र निर्माण जस्ता नयाँ कार्यक्रम संचालनमा ल्याउने नीतिका उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?