चिट चोर्न सघाएको आरोपमा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

+
-

लहान-आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए।

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए। निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोको कथन छ।

त्यस्तै सिरहाको तीन वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उनले बताए।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए।

यो पनि पढ्नुहोस्

निधारमा टीका, अनुहारमा आश र चिन्तन

निधारमा टीका, अनुहारमा आश र चिन्तन

आजदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक परीक्षा

आजदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक परीक्षा

एसइइ परीक्षा केन्द्रमा शिक्षा मन्त्री, प्रश्नको उत्तरमा भविष्यको बाटो खोज्दै विद्यार्थी

एसइइ परीक्षा केन्द्रमा शिक्षा मन्त्री, प्रश्नको उत्तरमा भविष्यको बाटो खोज्दै विद्यार्थी

आजबाट एसईई परीक्षा सुरु, शिक्षामन्त्रीले भने, विद्यालयको शिक्षा सकिँदा विद्यार्थीको हातमा सिप

आजबाट एसईई परीक्षा सुरु, शिक्षामन्त्रीले भने, विद्यालयको शिक्षा सकिँदा विद्यार्थीको हातमा सिप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?