एमसीसीको विरोधमा आयोजित प्रदर्शनमा प्रहरीको बल प्रयोग, केही घाइते

एमसीसीको विरोधमा आयोजित प्रदर्शनमा प्रहरीको बल प्रयोग, केही घाइते
+
-

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्।

प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको बताएका छन्।

एमसीसीको विरोधमा नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेपछि उनीहरु तितरबितर भएका छन्। केहीलाई प्रहरीले गिरफ्तार गरेको छ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकम विरोध चर्किरहेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै एक पक्षले राष्ट्रघातीको संज्ञा दिँदै एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडान लिँदै आएको छ।

तर सरकारले संसदको जारी अधिवेशनबाटै एमसीसी पारित गर्ने तयारी गरिरहेको छ। संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले अनुमोदनका लागि प्रतिक्षा गरिरहको एमसीसी सम्झौता पारित गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

विरोध बढ्दै गएपछि सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो ।

एमसीसीका केही बुदाँ संशोधन गरेर त्यसलाई स्वीकार्न सकिने राय उक्त कार्यदलको छ । तर अमेरिकाले सम्झौतामा कुुनै बुँदा फेर्न नसकिने स्पष्ट पारिसकेको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसीबारे अब संसद बैठकले नै टुंगो लगाउने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?