बिओपी स्थापनाका लागि सशस्त्रको टोली हिल्सामा

बिओपी स्थापनाका लागि सशस्त्रको टोली हिल्सामा
+
-

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको बिओपी स्थापनाको बन्दोबस्ती गर्नका लागि चार हजार भन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो ।

गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सामा पुगेको छ ।

टोलीले आवश्यक पूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बिओपीको औपचारिक रुपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो ।

बिओपीका लागि सबै तयारी भएपछि औपाचारिक रुपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरीको प्रधान कार्यालयले हिल्सामा औपचारिक सीमा सुरक्षा चौकी चाँडै स्थापना हुने जनाएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्नेछ ।

टोलीले सीमा सुरक्षाका साथै सिमानामा हुने अन्य अपराधिक तथा दुई देश विरुद्ध हुने गतिविधिको पनि निगरानी राख्नेछ ।

यसअघि हिल्सामा सीमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । हिमपात पछि चिसो बढ्दा सो टोली गत मंसीरमा नाम्खा गाउँपालिकाको मुचुमा सरेको थियो । टोली हालसम्म फर्केको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?