
सिमकोट – चीनसँग सिमाना जोडिएको हुम्लाको नाम्खा गाउँपालिकालाई चीनको बुराङ काउण्टीको स्थानीय सरकारले कोरोना विरुद्धका सामग्री सहयोग गर्ने भएको छ ।
सिमाना हिल्सामा दुवै देशका स्थानीय सरकारका प्रतिनिधिहरुबिच भएको छलफलमा चिनियाँ पक्षले सो सामग्री सहयोग गर्ने जनाएको हो ।
हिल्सामा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा नेतृत्व नेपाली टोली र चीनको पुराङ काउण्टीको अली जिल्लाको सिडिओबिच हिल्सामा भएको दुई पक्षबिचको छलफलमा चिनियाँ पक्षले नाम्खा गाउँपालिकालाई कोरोना विरुद्धको औषधि, उपकरण तथा सामग्री सहयोग गर्ने प्रतिवद्धता दिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बताए ।