कोरोना भाइरसविरुद्धको खोप बन्न अब केही महिना मात्रै लाग्छः अनुसन्धानकर्ता

कोरोना भाइरसविरुद्धको खोप बन्न अब केही महिना मात्रै लाग्छः अनुसन्धानकर्ता
+
-

कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुने अपेक्षा सान्दर्भिक रहेको अनुसन्धानमा संलग्न अमेरिकी आर्मीका उच्च अधिकारीले बताएकी छन् ।

अमेरिकी सैनिकका खोप अनुसन्धानकर्ता कर्णेल वेन्डी सामोन्स–ज्याक्सनले यो वर्षको अन्त्यसम्म केही अमेरिकीका लागि खोप उपलब्ध हुन सक्ने बताएकी हुन् ।

रक्षा मन्त्री मार्क एस्परले गएको मे १५ मा अमेरिकी आर्मी खोपको अनुसन्धानमा संलग्न सरकारी तथा निजी क्षेत्रसँग सन् २०२० सम्मको अन्त्यसम्ममा खोप बनाउने गरी सहकार्य थालेको बताएका थिए ।

अमेरिकी सैनिकको इन्फेक्सस डिजिज रिसर्च कार्यक्रमकी निर्देशक कर्णेल ज्याक्सनले मंगलबार रक्षा मन्त्रालयल पेन्टागनमा भएको ब्रिफिङ्गको क्रममा भने, ‘खोपको केही स्वरुप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुन्छ भनेर अपेक्षा गर्नु सान्दर्भिक छ । केही मानिसका लागि खोप बन्न सक्छ ।’

आर्मीका अर्का अनुसन्धानकर्ता डा. केभिओन मोजारडका अनुसार कोरोना भाइरस बारे अनुसन्धानकर्ताहरुले अरु भाइरस भन्दा अति छिटो बुझिरहेका छन् । उनले भने, ‘त्यसैले खोप बन्न अब केही महिना मात्रै लाग्छ । खोपको तेस्रो चरणको परीक्षणको तयारी भइरहेको छ । म अति आशावादी छु ।’

अमेरिकी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर काम गरिरहेको अमेरिकी आर्मीका अनुसन्धानकर्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । एस्ट्राजेनेका पिएसजी, जोन्सन एण्ड जोन्सन, मोदेर्ना र सानोफी एसएसँग मिलेर खोपको काम भइरहेको अमेरिकी आर्मीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?