‘कर्णाली सरकारले नागरिकहरुमाथि राजनीतिक आस्थाका आधारमा विभेद गर्‍यो’

‘कर्णाली सरकारले नागरिकहरुमाथि राजनीतिक आस्थाका आधारमा विभेद गर्‍यो’
+
-

सिमकोट– नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारले नागरिकहरुको उद्धार गर्ने क्रममा राजनीतिक आस्थाको आधारमा विभेद गरेको आरोप लगाएको छ।

कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले जुम एपमार्फत अयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै प्रदेशका नागरिकहरुको उद्धारका क्रममा सरकारले राजनीतिक आस्थाको आधारमा विभेद गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘चुनाव जितेर आउनु अर्को पाटो होला तर सरकारमा बसिसकेपछि यसरी जनतामाथि विभेद गर्नु सरकारका मन्त्रीहरुको संकोचित सोचको उपज हो।’

उनले कर्णालीमा ७९ स्थानीय तह भएकोमा सरकारमा संलग्न भएकाहरुले छानिछानी आफू र आफ्नो पार्टीले जितेका स्थानीय तहमा मात्र चिकित्सक र उपकरणको व्यवस्था गरेको समेत आराेप लगाए।

सरकार अब कसरी कमाएर अर्को चुनावमा जित्ने भन्ने ध्यानमा मात्र लगाएको बताउँदै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहीले कोरोनाविरुद्ध प्रदेश सरकारले गर्ने प्रत्येक रचनात्मक कामका लागि सहयोग गर्न प्रतिपक्ष तयार रहेको बताए।

श्रोत नभएपछि स्थानीय सरकारहरुले गुणस्तरीय क्वोरेन्टिन स्थापना गर्न नसक्ने भन्दै कम्तीमा पनि विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डलाई लागु गर्न समेत उनको सरकारलाई आग्रह छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?