दैलेखमा एकै दिन १०५ जनामा कोराना संक्रमण पुष्टि

दैलेखमा एकै दिन १०५ जनामा कोराना संक्रमण पुष्टि
+
-

सिमकोट-कोरोना संक्रमणको तीव्र रुपमा फैलिइरहेको कर्णाली प्रदेशको दैलेख जिल्लामा विहीबार एकैदिन १०५ जनामा कोरोना पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संकलन भएर आएका स्वाबहरुको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो।

आज भएको परिक्षण रिपोर्ट अनुसार दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।

त्यसैगरी दैलेखकै देबलकाँडा गाउँपालिकाका १२ जना पुरुष, सोत गाउँपालिकाका नौ जना पुरुष, मान्टाकुरा गाउँपालिकामा सात जना पुरुष साडु गाउँपालिकामा दुई जना पुरुष, भगनी गाउँपालिकामा पाँच जना पुरुष र बासकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।

त्यसैगरी गुमु जिल्लामा खत्याड गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ । बिहीबार मात्रै दैलेख र मुगुमा गरि १०६ जनामा कोरोना पुष्टि भएको हो।

यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । यस अघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो। ती मध्ये एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो।

अब हालसम्म कुल कोरोना पुष्टि भएको संख्या ३७४ पुगेको छ। कोरोना संक्रमण बढेसँगै कर्णालीमा त्रास बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?