दैलेखमा थप आठजनामा कोराना पुष्टि, संक्रमितको संख्या ११३ पुग्‍यो

दैलेखमा थप आठजनामा कोराना पुष्टि, संक्रमितको संख्या ११३ पुग्‍यो
+
-

सिमकोट-कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको कर्णाली प्रदेशको दैलेख जिल्लामा बिहीबार दुई वर्षका बालकसहित आठ जनामा थप कोरोना देखिएको छ। यो सँगै दैलेखमा कोरोना संक्रमितको संख्‍या ११३  पुगेको छ।

यसअघि प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा बिहीबार गरिएको परीक्षणका नयाँ कोरोना संक्रमित १०५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

बिहीबार सुर्खेतमा भएको परिक्षण रिपोर्ट अनुसार दैलेख जिल्लाका आठ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।

संक्रमित मध्या नारायण नगरपालिका वडा नम्बर १० का २, २१ र २४ वर्षका पुरुष, नौमुले गाउँपालिका वडा नम्बर १ का २१ र ३ वर्षका पुरुष तथा सोही गाउँपालिका वडा नम्बर २ का २१, २३ र ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएका हुन।

यसअघि आजै दैलेखका १०५ जना र मुगुका एक जना गरि १०६ जनाको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परिषण गर्दा कोरोना पुष्टि भएको थियो । यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबै भन्दा ठुलो संख्या हो।

यसअघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो । ती मध्य एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो। अब हालसम्म कुल कोरोना पुष्टि भएको संख्या ३८२ जना पुगेको छ। कोरोना संक्रमण बढेसँगै कर्णालीमा त्रास बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?