क्वारेन्टाइनमा बस्‍ने नागरिकलाई सर्केगार्ड गाउँपालिकाले पाँचसय भत्ता दिने

क्वारेन्टाइनमा बस्‍ने नागरिकलाई सर्केगार्ड गाउँपालिकाले पाँचसय भत्ता दिने
+
-

सिमकोट-कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको सर्केगार्ड गाउँपालिकाले जिल्ला बाहिरबाट उद्धार गरि क्वारेन्टिनमा बस्ने नागरिकलाई दैनिक पाँच सय रुपियाँ भत्ता दिने भएको छ।

बिहिीबार बसेको गाउँ कार्यपालिकाको बैठकले हालसम्म गाउँपालिकामा जिल्ला बाहिरबाट उद्धार गरि ल्याएर क्वारेन्टिनमा बसेका सबै नागरिकलाई सो भत्ता दिने निर्णय गरेको हो ।

क्वारेन्टिनमा बस्दै आएका नागरिक र नागरिक समाजबाट जिल्ला बाहिरबाट उद्धार गरि आएका नागरिकहरुलाई क्वारेन्टिन भत्ताको व्‍यवस्था गर्नु पर्ने माग आएपछि गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले दैनिक १४ दिनका लागि पाँच सय रुपियाँ भत्ता दिने निर्णय गरेको वडा नम्बर ५ का अध्यक्ष एबं गाउँपालिकाका प्रबक्ता कर्णजंग शाहीले बताए।

उद्धार गरी आएका नागरिकलाई खाना खर्चमा सहयोग पुर्याउन गाउँपालिकाले सहयोग गरेको हो। हान क्वारेन्टिनमा रहेकाहरुलाई सम्बन्धित व्‍यक्तिको घरबाट खाना बस्नको ब्यबस्था गरिदै आएको छ।

गाउँपालिकामा प्रबेश गर्ने नागरिकहरुलाई सम्बन्धित वडाले क्वारेन्टिनको ब्यबस्था गरि राख्दै आएको छ।केही दिन अगाडी काठमाडौं, नेपालगंज र सुर्खेतबाट आएका २२४ जना नागरिक हाल क्वारेन्टिनमा रहदै आएका छन्।

गत बैशाखयता हालसम्म सर्केगार्ड गाउँपालिकामा ३८५ जना नागरिकहरुको उद्धार गरिएको छ। सबै नागरिकलाई क्वारेन्टिन भत्ता दिन उक्त गाउँपालिकाले २६ लाख ९५ हजार रुपियाँ खर्च गर्ने प्रबक्ता शाहीले बताए।

उक्त पैसा तत्काल निकासा गरेर बितरण गरिने भएको छ। यसअघि पनि उक्त गाउँपालिकाले जिल्ला बारिह रहदै आएका गाउँपालिकाका सबै नागरिकहरुलाई प्रतिब्यक्ति दुई हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?