सूचनाको पहुँच स्थापित गर्न ताप्लेजुङमा मोबाइल एप्स

सूचनाको पहुँच स्थापित गर्न ताप्लेजुङमा मोबाइल एप्स
+
-

ताप्लेजुङ- फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ।

मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ।

शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम रहेको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

यसैबीच हालै सम्पन्न नगरपालिकाको दोस्रो नगरसभाले १० वर्षभित्र नगरलाई पूर्णरुपमा बालमैत्री बनाउने, अस्पताल वा बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई जनही रु ५०० उपलब्ध गराउने, ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक प्रतिव्यक्ति रु एक हजार प्रोत्साहन भत्ता दिने, प्रत्येक वर्ष एक पत्रकारलाई रु पाँच हजार राशिको नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेसमेत निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए।

त्यस्तै फागुन मसान्तसम्ममा चालूतर्फ ६० र पूँजीगत खर्चतर्फ ३८ प्रतिशत मात्र वित्तीय प्रगति गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेलले जानकारी दिए। उनका अनुसार नगरपालिकाले फागुन मसान्तसम्म रु ३५ लाख ९८ हजार राजश्वसमेत असुल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?