
सिमकोट-हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट काठमाडौंमा अध्ययन गर्दै आएका र उद्धार गरी हुम्ला लग्न लागिएका डेढ सय विद्यार्थीहरुलाई सुर्खेतको छिन्चुमा रेडक्रस र युनियफ सुर्खेतले खाना सहयोग गरेको छ।
बिहीबार बेलुका काठमाडौंबाट छुटेको विद्यार्थीले शुक्रवार करिब साढे एक बजे खानाको व्यवस्था गरिएको हो। भोकले लखतरान भएको विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी र युनिसेफ सुर्खेतबाट प्याकेटमा खाना सहयोग भएको उद्धारमा सहभागी शिब रावलले बताए।
उद्धार गरिएका विद्यार्थीहरुमा केही सिमकोट गाउँपालिकाका पनि रहेका छन्। शिनिबार बेलुकाबाट खाना नपाएका विद्यार्थीहरुलाई उक्त खानाले सहयोग मिलेको उनले बताए। सामाजिकभाब अनुसार काठमाडौंबाट उद्धार गरि हुम्ला लग्न लागिएका विद्यार्थीलाई खानाको ब्यबस्था गरिएको रेडक्रस सोसाईटी सुर्खेत शाखाले जनाएको छ।
यी विद्यार्थीहरु अब सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुदै मुगुसम्म गाडीमा जाने छन्।विद्यार्थीहरुलाई कोरोना संक्रमणका बच्नका लागि प्राथमिक सामाग्रीहरु र चिउरा, दाल्मोट र बिस्कुट,पानी सहयोग काँग्रेस हुम्लाका सभापति जयपति रोकाया, पुर्बसभाषद छिमी दोर्जे लामा, इन्जिनीयर उजिर रावतले गरेका थिए।
काठमाडौंबाट उद्धार गरिएका विद्यार्थीलाई तीन दिनमा मुगु गाडीले पुर्याउने छ भने तीन देखि चार दिन पैदल हिडेर खार्पुनाथ गाउँपालिकामा पैदल हिड्नु पर्नेछ। बाटो खाना तथा बस्न पाउने संभावना न्यून रहेको छ। उनीहरु हुम्ला पुगे क्वोरन्टिनमा बस्नु पर्नेछ।