युरोपेली युनियनद्वारा प्रतिवेदन सच्याउन अस्वीकार

युरोपेली युनियनद्वारा प्रतिवेदन सच्याउन अस्वीकार
+
-

काठमाडाैं- युरोपेली युनियनले चुनाव पर्यवेक्षणका क्रममा खस आर्यको आरक्षण हटाउन सुझाव दिँदै दिइएको प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ।

प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दाबी गर्दै युनियनले प्रतिवेदन सच्याउन अस्वीकार गरेको हो ।

चुनावमा गरिएको आरक्षण सुविधा, निर्वाचन आयोगको कामकारबाही, आचारसंहिता लगायतमा खोट देखाउँदै चुनाव पर्यवेक्षण मिसनले गत सोमबार सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा युनियनले समानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्यलाई आरक्षण सिट दिन नहुने भनेको थियो। प्रतिवेदनको सर्वत्र आलोचना भएपछि सरकारले युनियनलाई प्रतिवेदन सच्याउन आग्रह गरेको छ। निर्वाचन आयोगले पनि युनियनको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन बुझ्न अस्वीकार गरेको छ।

युनियनले शुक्रबार पत्रकार सम्मेलन गरी चुनाव पर्यवेक्षण सम्बन्धी मिसनले आफ्नो प्रतिवेदन पूर्णतया: अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारिएको दावी गरेको हो। मिसनले प्रतिवेदन तयार गर्दा आफ्ना सर्तहरु पूर्ण रुपमा पालना गरेको जनाएको छ। प्रमुख पर्यवेक्षकका रुपमा नेपालका अधिकारीहरुसँग भएको सम्झौताको आधारमा नै प्रतिवेदन तयार पारिएको मिसनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार 

युरोपेली युनियनको प्रतिवेदनमथि सरकारको आपत्ति

युरोपेली संघको टिप्पणी खतरनाक दुराशयबाट प्रेरित: नेपाल सरकार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?