
सिमकोट-आईतबार कर्णाली प्रदेशमा तीन वर्षकी बालिका सहित नयाँ ५४ जनामामा कोरोन संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।
आइतवार नयाँ कोरोना संक्रमित देखिएकाहरुमा सल्यान जिल्लामा ३८ जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।
उनीहरुमा वनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ देखि ७ का २३ जनामा कोरोना देखिएको छ । त्यसै गरि सल्यान जिल्लाकै कुमाख गाउँपालिका वडा नम्बर ३ का दुई जना रहेका छन्।
त्यस्तै सुर्खेत जिल्ला बराहाताल गाउँपालिका वडा नम्बर १ र २ का दुई जना, भेरिगंगा नगरपालिका वडा नम्बर ९का दुई जना, वीरेन्द्रनगरपालिका वडा नम्बर २ का दुई जना, चौकुने गाउँपाकिाल वडा नम्बर ७ र ८ का दुई जना, लेकबेसी नगरपालिका वडा नम्बर १, ३, ४, ९ का छ जना र पंचपुरी नगरपालिका वडा नम्बर ३ र ९ का छ जना गरि कुल २० जनामा नयाँ कोरोना संक्रमण देखिएको छ।
त्यस्तै दैलेख जिल्ला भैरबी गाउँपाकिला वडा नम्बर ३ र ५ का दुई जना, चामुण्डा बिन्दसैनी नगरपालिका वडा नम्बर ४ का एक जना गरि जम्मा तीन जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परिक्षण गर्दा कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वड नम्बर ९ र १० का दुई जना तथा महावै गाउँपालिका वडा नम्बर ३ का एक जना गरि तीनमा रिपोर्ट पोजेटिभ आएको हो।
कुलमध्ये दुई जना महिला र ५२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । नयाँ कोरोना पुष्टि भएका मध्य तीन वर्षकी बालिका देखि ६० वर्षका पुरुषसम्म रहेका छन्। अब कर्णालीमा कुल संक्रमित र मृत्यु भएको संख्या ६४१ पुगेको छ।
तिनीहरु मध्य दैलेख, सुर्खेत र डोल्पामा गरी तीनजनाको मृत्यु भइसकेको छ कर्णालीका दश जिल्ला मध्य नौ जिल्लाका कारोना संक्रमितको संख्या पुगेको छ। अब रुकुम पश्चिम मात्र कोरो लाग्न बाँकी छ।