
सिमकोट– कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार प्रदेश अस्पताल सुर्खेत तथा पशुपंशी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये दैलेखका २५ जना रहेका छन्।
दैलेखको अवलपराजुल गाउँपालिकाका दुई जना र डुंगेश्वर गाउँपालिकाका २३ जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।
त्यसैगरि सुर्खेतको बहराताल गाउँपालिकाका एक जना, गुर्भाकोट नगरपालिकाका सात जना, सिम्ता गाउँपालिकाका एक जना, छेडगाड नगरपालिकाका दुई जना र शिवालय गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै केही दिन अगाडी भारतवाट फर्किएका थिए।
अब कर्णालीमा कुल संक्रमितकाे संख्या ७०८ पुगेको छ। जसमध्ये दैलेख, सुर्खेत र डोल्पामा गरी तीन जनाको मृत्यु भइसकेको छ। २९ जना कोरोना जितेर फिर्ता भएका छन्।