हे भगवान हाम्रो नेतालाई बचाऊ!

खुमबहादुरको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा र शान्तिजप

खुमबहादुरको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा र शान्तिजप
+
-

दाङ– नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का जीवनमृत्युको दोसाँधमा छन्।

उनको उपचार भारतको दिल्लीस्थित अपोलो अस्पतालमा भइरहेको छ।

दाङ जिल्लाका अग्रणी नेताको रुपमा स्थापित खुमबहादुर सिकिस्त भएपछि उनका समर्थक निराश बनेका छन्।

खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्राथना गर्ने, मन्दिरमा दिप प्रज्ज्वलनसँगै पूजा गर्न सुरु गरेका छन्।

खुमबहादुरका समर्थकहरुले खुमबहादुरलाई भगवान सरह मान्छन्।

स्वास्थ्य लाभको कामना गर्दै मन्दिरहरुमा पूजा आराधना गर्ने क्रम दाङमा बढेर गएको छ। नेपाली काँग्रेस दाङका नेता कार्यकर्ता र उनका शुभचिन्तकहरुले पूर्वगृहमन्त्री समेत रहेका नेता खड्काको स्वास्थ्य लाभको कामना गर्दै मन्दिरहरुमा ग्रह शान्ति जप गर्न थालेका हुन्।

शुक्रबार तुलसीपुर क्षेत्रका युवाहरुले तुलसीपुरको लक्ष्मीनारायण मन्दिरमा पुगेर नेता खड्काको स्वास्थ्य सुधारको कामनासहित सामूहिक पूजा आराधना गरेका छन्।

नेपाल विद्यार्थी संघ राप्ती बवई क्याम्पसले तुलसीपुरमा नेता खड्काको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै पूजा आराधना गरेको क्याम्पसका ईकाइ सभापति रोहित न्यौपानेले जानकारी दिए।

उक्त पूजा आराधना कार्यक्रममा नेपाल तरुण दल दाङ अध्यक्ष टिका घर्ती, जिल्ला सदस्य बिवेक मल्ल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य सुवाश डाँगी, तरुण दल क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल, नेविसंघ क्षेत्र नं. ४ का कार्यबाहाक अध्यक्ष तेजेन्द्र हमाल, नेविसंघ राप्ती बवई क्याम्पस ईकाइ सचिव विजय डाँगीलगायतका युवा सहभागी थिए।

त्यसअघि नेता खड्काको स्वास्थ्य लाभको कामना गर्दै मन्दिरमा रुद्री पाठ तथा शान्ति जप गरेका थिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ वहलीस्थित इच्छापूर्णेश्वर महादेव मन्दिरमा पुगेर नेपाली काँग्रेस दाङका नेता कार्यकर्ता र उनका शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गर्दै पूजा आराधना गरेको साविक त्रिपुर नगरका सभापति दीपक पाण्डेले जानकारी दिए।

उनले नेता खड्काको स्वास्थ्य अवस्था सामान्य नबन्दासम्म निरन्तर रुपमा विभिन्न मठमन्दिरमा गएर पूजा आराधना जारी राख्ने बताए।

कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव टेकबहादुर वली, जिल्ला सदस्य निर्मल न्यौपाने, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अम्मरबहादुर खड्का, शिक्षक संघ प्रदेश नं. ५ का अध्यक्ष अर्जुन योगी, दलित संघ दाङका अध्यक्ष बाबुराम विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वली, वडा नं. १४ का वडा अध्यक्ष परशु नारायण चौधरी लगायतका थिए।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का भने बिरामी भएका कारण आफू नेता खुमबहादुर खड्काको लागि मन्दिरमा स्वास्थ्य लाभको कामनार्थ गरिएको शान्ति जप तथा रुद्री पाठमा सहभागी हुन नसकेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?