महँगोमा हेलिकोप्टर चार्टर गरेर लिमीबासी गाउँ फर्किए

महँगोमा हेलिकोप्टर चार्टर गरेर लिमीबासी गाउँ फर्किए
+
-

सिमकोट-नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका बासिन्दा काठमाडौंबाट महंगो हवाई भाडा तिरेर उद्धार गरिएको छ । कोरोना कहरले बन्दाबन्दीका बेला काठमाडौंमा अलपत्र परेका लिमीका नागरिकहरुलाई उद्धार गर्न हवाई सेवाको ब्यबस्था भएपछि महंगो हवाई भाडा तिर्न बाध्य भएका हुन ।

काठमाडौंमा उकुश मुकुश गरि बस्नु भन्दा ऋण सापट गरि महंगो भाडा तिरेर लिमी जानु परेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का पेम्वा तामाङले बताए। लिमी जाने सबैको सहमतिमा भाडा निर्धारण गरेर गएका हुन।

नेपालभित्रै हवाई भाडा भने महंगो तिर्नु परेको उनले बताए। नौ बर्ष माथिका सबै नागरिकहरुलाई पुरा भाडा लिईएको छ भने साना सानीसंगै बस्ने बालबालिकाको लागि मात्र इन्फेन्ट लगिएको छ।

बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए। सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा सिमकोटबाट लिमीसम्म हेलिकोप्टरमा प्रतिब्यक्ति पच्चीस हजार भाडा तिरेको उनले बताए।

लिमीका लागि समय भने १७ देखि २० मिनेट हेलिकोप्टरले लगाउने गर्छ । हेलिकोप्टरमा पाँच जना यात्रुहरु मात्र ओसार्ने गरिन्छ । काठमाडौंमा १५ जना बोक्ने जहाजले एक घण्टा पन्द्र मिनेट समय लगाउने गरेका छन्।

काठमाडौंबाट हुम्ला जानु अघि काठमाडौंमा पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएकालाई पठाइएको छ । उहाँहरु सबैलाई सिमकोट टेक अप गर्ने बित्तिकै हेलिकोप्टरले लिमी उडान भएको थियो।

लिमीका तील हल्जी र जांङ गाउँका सबै जनाका लागि सुनखानीमा पाल टाँलेर क्वारेन्टिन स्थापना गरि बस्ने ब्यबस्था गरिएको अध्यक्ष लामाले बताए। उनीहरु सबैले चौध दिन क्वारेन्टिनमा बस्नु पर्नेछ। त्यसपछि चेकजाँच गरेर रिपोर्टका आधारमा घर फर्काउने ब्यबस्था गरिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?