उपमेयरले कुटिन् वडाध्यक्ष र सदस्य

+
-

सुनसरी – सुनसरीको दुहबी नगरपालिका उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन् ।

स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर साहले शुक्रबार दुहबी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन् ।

वडा नम्बर ५ मा रहेको सरस्वती उच्च मा.वि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनका लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङमाथि नगरपालिका परिसरमै कुटपिट भएको हो ।

खेल मैदानको निर्माण कार्य सम्पन्न भइसकेको र अनुगमन गरी बजेट फर्छ्यौटको प्रक्रिया अघि बढाइदिन आग्रह गरेपछि दुवै पक्षबिच विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिँदै गर्दा उपमेयर साहले आफ्ना श्रीमान सुनिल साहलाई बोलाएर एकाएक कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।

निर्माण सम्बन्धीको फाइल समेत उपमेयर साहले नियन्त्रणमा लिइ विकास निर्माणको कामलाई रोकेको अर्का पीडित वडा अध्यक्ष रमेश रौनियारले गुनासो गरे ।

घटना भएपछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरे त्यसैगरी घटनाको बिषयमा जानकारी दिँदै नगरपालिकाका मेयर बेद गच्छदारले उपमेयरको बचाउमा कुटपिट नभएको र सामान्य विवाद भएको उल्लेख गरे ।

तथापी उक्त घटनामा कुटपिट भएको भिडियो सार्वजनिक भएपछि मेयर गच्छदारले गल्ती स्वीकार गरे । उनले भने, ‘गल्ती भएको रहेछ, जनप्रतिनीधिले नै यसरी कुटपिट गर्नु असोभनिय पक्ष हो ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?