डट्स सेवा ‘डोके’ हुँदा घटेनन् क्षयरोगी

डट्स सेवा ‘डोके’ हुँदा घटेनन् क्षयरोगी
+
-

नेपालगञ्ज– अगाडि नै राखेर औषधी सेवन गराउनुपर्ने ‘डट्स सेवा’मा लापरबाही हुँदा क्षयरोग बल्झिरहेको सरोकारवालाले स्वीकार गरेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके र टिबी नेपालले मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस मनाउने तयारी गरिरहँदा यस्तो खुलासा भएको हो।

टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले डट्स सेवा ‘डोके’ हुँदा बिरामी नघटेको बताए। ‘निगरानी राखेर औषधी खुवाउनु पर्नेमा एकैपटक २/३ हप्ताको औषधी दिएर पठाउने परिपाटीले गर्दा क्षयरोगी घटेका छैनन्, खड्काले भने, राष्ट्रिय रणनीति भन्दा बाहिरको यस्ता कार्यलाई कडाइ गर्नुपर्छ।’

शुरुवाती टिबी बिग्रेपछि बिरामीलाई बहुऔषधी प्रतिरोधात्मक उपचार पद्धति (एमडीआर) मा लगिन्छ। शुरुवातमै राम्ररी औषधी खुवाउने हो भने ९० प्रतिशत बिरामी निको हुने बताइरहँदा यस क्षेत्रमा एमडीआरसम्म पुगेका बिरामी बढ्दै गएका छन्।

एमडीआर भएका बिरामी समाजका लागि अति हानिकारक हुन्छन्। एकजनाले शहरमा २५ जनासम्मलाई टिबी सार्न सक्छ। खड्काका अनुसार, गएको कात्तिकमा ५६ जना रहेकोमा अहिले चार महिनामा १६ जना एमडीआरका बिरामी थपिए।

जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ट अधिकृत प्रेम केसीका अनुसार, आर्थिक वर्ष २०७३/७४ मा बाँकेमा ९ सय १३ जनाले उपचार सेवा लिएका छन्। तीन सय ६ महिला र ४ सय ५७ पुरुष नयाँ खकार पोजेटिभ सर्ने खालका बिरामी हुन् ।३३ महिला र ७४ पुरुष गरी १ सय ७ जना पुनः रोग बल्झिएका हुन्। यस्तोमा ४३ जना बच्चा रहेका छन्।

आर्थिक वर्ष २०७२/७३ मा ८ सय ९२ जना दर्ता भएकोमा ८ सय १ जनाले उपचार गरेका थिए । २२ जना पुनः उपचारमा गएका थिए भने ३२ जनाले ज्यान गुमाएका थिए । २१ जना भने उपचारबाट हराएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा ६० वटा डट्स सेन्टर रहेका छन् । टिबीसँगै पछिल्ला वर्षहरुमा एचआइभी/एड्स जोडिएर आएको छ । धेरै क्षयरोगीलाई एड्स र एड्स रोगीलाई क्षयरोग लागेको फेला परेको छ । ‘अहिले त हामीले क्षयरोगी आएपछि एचआइभीको टेष्ट गर्ने गरेका छौं, जिल्ला जनस्वास्थ्यका क्षयकुष्ठ अधिकृत केसीले भने, क्षयरोग र एचआइभी जोडिएर आएका छन् ।’

बाँकेमा २०७४/७४ मा ९ सय ६२ जना एचआइभी संक्रमित थिए । एआरटी खानेको संख्या ३ सय ९४ जना रहेको छ । हालसम्म १ सय १३ जनाको एड्सबाट मृत्यु भइसकेको छ । यो वर्ष २२ जना संक्रमितमा क्षयरोग पाइएको थियो । यो वर्षको पहिलो चौमासिकमा एकजना संक्रमितमा क्षयरोग फेला परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले एचआइभी र क्षयरोग सँगसँगै लैजानु पर्ने आवश्यकता देखिएको बताए । जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले विश्व क्षयरोग दिवस विविध कार्यक्रम गरेर मनाउने तयारी भएको बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’