
सिमकोट- शुक्रवार कर्णालीका सुर्खेत र दैलेख जिल्लामा गरि ८३ जनामा नयाँ कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख र सुर्खेत जिल्लामा नयाँ कोरोना पुष्टि भएका हुन ।
नयाँ कोरोना पुष्टि हुनेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का एक जना, भेरीगंगा नगरपालिका वडा नम्बर ५,१०,११,१२ का छ जना, चिलगाड गाउँपालिका वडा नम्बर २ र ३ का पाँच जना, लेकवेशी नगरपालिका वडा नम्बर १ २ र ९ का ३१ ना, सिम्ता गाउँपालिका वडा नम्बर २ र ५ का दुई जना गरि जम्मा ४५ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
त्यसै गरि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १, ३, ४ र ५ का सात जना, दुल्लु अस्पतालमा एक जना, दुल्लु नगरपालिका वडा नम्बर २,४, ५, ८,९, १०, ११, १२ र १३ का २७ जना तथा ठाँटीकाँध गाउँपालिका वडा नम्बर १, २, र ५ का तीन जना गरि ३८ जनामा कोरोना पुष्टि भएको छ।
उनीहरु १५ देखि ६५ वर्ष उमेर समुहका रहेका छन्। जसमा छ जना महिला रहेका छन् भने ७७ जना पुरुष रहेका छन्। अब कर्णालीमा कोरोना संक्रमित संख्या ८४६ पुगेको छ।
यी मध्ये शुक्रवार दैलेखका २२ जनाले कोरोना जितेर घर फिर्ता भएका छन अब कर्णालीमा कोरोना जित्नेको संख्या ८२ जना पुगेको छ । कुल संक्रमित मध्य तीन जनाको मृत्यु भइसकेको छ।