पाँच दिनमा ८४७ हुम्ली विमानबाट जिल्ला आए

पाँच दिनमा ८४७ हुम्ली विमानबाट जिल्ला आए
+
-

सिमकोट – लामो समयदेखि नेपालगञ्ज, काठमाडौँ र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका ८४७ बासिन्दा हवाई मार्गबाट भित्रिएका छन् ।

सडक सञ्जाल नजोडिएको स्थानमा जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस तथा गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको समन्वयमा उनीहरु हवाई मार्गबाट जिल्ला भित्रएका हुन् ।

काठमाडौँबाट जिल्लामा आएका दीपक भण्डारीले महंगो भाडा तिरेर भए पनि अधिकांश विधार्थीले आउन पाएको बताए । बन्दाबन्दी अगाडि जिल्लामा आउन खोजे पनि बल्ल आउन पाएको भण्डारीले बताए ।

काठमाडौं, नेपालगंज र सुर्खेतमा पीसीआर गरी अलपत्र परेका मध्ये पछिल्लो पाँच दिनमा ८४७ जनाको हवाई मार्गबाट उद्धार भएको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद शर्मा बताए ।

सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका नागरिकहरुका लागि हवाई मार्गको विकल्प नभएकै कारण ठूलै संर्घष गरेर हुम्लाबासीको उद्धार गरिएको हो ।

हुम्लाका लागि जिल्ला बाहिर रहेका नागरिकहरुको दोस्रो चरणको उद्धार कार्य गत जेठ २६ गतेबाट सुरु भएको हो । यसअघि गत वैशाख २० र २१ गते पनि हवाई मार्गबाट उद्धार भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?