पोलियो विरुद्धको खोपले कोभिड १९ विरुद्ध पनि प्रभावकारी काम गर्ने वैज्ञानिकहरुको दाबी

पोलियो विरुद्धको खोपले कोभिड १९ विरुद्ध पनि प्रभावकारी काम गर्ने वैज्ञानिकहरुको दाबी
+
-

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोपको खोजीमा विश्वव्यापी प्रयास जारी रहेका बेला केही विज्ञहरुले अहिले प्रायः को पहुँचमै रहेका खोपहरु कोभिड–१९ मा काम आउन सक्ने बताएका छन्।

पोलियो विरुद्धको खोपसहितले बालबालिकाहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन सक्ने यथेष्ट प्रमाण रहेको केही वैज्ञानिकले बताएका छन् ।

वैज्ञानिकहरुको एक समूहले बिहीबार साइन्स म्यागजिनमा एक आलेख लेखेर पोलियोसहितका खोपहरु कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन सक्ने उल्लेख गरेका छन् ।

बिस्तारित रुपमा उपलब्ध रहेको थोपाका रुपमा खुवाइने पोलियोविरुद्धको खोप सुरक्षित, सस्तो र खुवाउन सजिलो वैज्ञानिकहरुले बताएका छन् । सो खोप हाल विश्वमा हरेक वर्ष एक अर्ब डोज उत्पादन हुने र १४० भन्दा बढी देशमा खुवाइने गरेको छ ।

यसरी पोलियोसहितका खोप नै प्रभावकारी हुन सक्ने सुझावसहितको आलेख लेख्नेमा अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनका खोप विज्ञ तथा एचआइभी पत्ता लगाएका विज्ञ रहेका छन् । पोलियोविरुद्धको खोपले विश्वबाट लगभग पोलियो उन्मुलन गरेको छ ।

एफडिएका कोन्स्टेनटिन चमाकोभ र मेरिल्याण्ड युनिभर्सिटीको स्कूल अफ मेडिसिन अन्तर्गत इन्स्टिच्युड अफ ह्युमन भाइरोलोजीका डा. रोबर्ट गालोसहितको टोलीले कोरोना भाइरसविरुद्ध पोलियोसहितका अहिले कायम रहेका खोप नै प्रभावकारी हुन सक्ने बताएका हुन् ।

गालो एड्स हुने एचआइभी भाइरस पत्ता लगाउने मध्येका एक हुन् भने चमाकोभ एफडिएको खोप विभागका सहायक निर्देशक हुन् ।

पोलियो र कोभिड–१९ हुने भाइरस पोजेटिभ–स्ट्यान्डर्ड आरएनए भाइरस रहेकाले पोलियोविरुद्धको ओपिभी (ओरल पोलियोभाइरस भ्याक्सिन) प्रभावकारी हुन सक्ने उनीहरुले बताएका हुन् ।

सो खोपले भाइरसविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली बलियो बनाउने भएकाले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि कम्तिमा अस्थायी रुपमा प्रभावकारी हुने उनीहरुले उल्लेख गरेका छन् ।

खोपले सम्बन्धित रोगको भाइरसबाट मात्रै नभएर अरु भाइरसबाट पनि जोगाउन सक्ने र कोरोना भाइरसको प्रकृति पोलियो भाइरससँग मिल्ने भएकाले विकल्पका रुपमा प्रयोग गर्न सकिने उनीहरुले आफ्नो आलेखमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसविरुद्धको खोपको अन्तिम तथा बिस्तारित परीक्षण सुरु हुँदै

कोरोना भाइरसविरुद्धको खोपको अन्तिम तथा बिस्तारित परीक्षण सुरु हुँदै

कोरोना भाइरसविरुद्ध सम्भावित १० खोप मानवीय परीक्षणमा, कहिलेसम्म तयार होला?

कोरोना भाइरसविरुद्ध सम्भावित १० खोप मानवीय परीक्षणमा, कहिलेसम्म तयार होला?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?