कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार

कोरोना उच्चस्तरीय समन्वय समिति विघटन, सीसीएमसी थप सशक्त

कोरोना उच्चस्तरीय समन्वय समिति विघटन, सीसीएमसी थप सशक्त
+
-

काठमाडौँ- सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा गठित कोभिड-१९ रोकथाम, नियन्त्रण र उच्चस्तरीय समन्वय समिति  साढे तीन महिनामै विघटन गरेको छ।

उच्चस्तरीय समन्वय समितिले गर्दै आएका काम र उसको जिम्मेवारी कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा काम गर्नका लागि साढे दुई महिना अघि पोखरेलकै संयोजकत्वमा गठित संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)मा सारिएको छ।

योसँगै सीसीएमसी थप सशक्त बन्न पुगेको छ भने त्यसमा आवद्ध भएर सुरुदेखि नै कोभिड-१९ को प्रतिकार्यमा सक्रिय भूमिका निवार्ह गर्दै आएको नेपाली सेनाको कार्यभार पनि बढेको छ।

सरकारका एक मन्त्रीका अनुसार पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो। तर यसबारे सरकारले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

‘उच्चस्तरीय समन्वय समितिले नीति तर्जुमा, सरकार र सीसीएमसीबीच पुलको भूमिका र आवश्यक पर्दा स्वास्थ्य उपकरण खरीदका प्रस्ताव तयार पार्ने काम गरिरहेको थियो। अब समितिका सबै जिम्मेवारी सीसीएमसीमा स्थान्तरण गरिएको छ’, ती मन्त्रीले देशसञ्चारसँग भने।

सीसीएमसीको कोभिड-को रोकथाम, नियन्त्रण र उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवाको आपूर्ति, शान्ति सुरक्षाको अनुगमन कार्यक्षेत्र निर्धारित छ।

यस्तै कोभिड-१९ को सम्भावित संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यकता अनुसार व्यक्तिहरुको ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने, मापदण्ड अनुसार क्वारेन्टिनमा राख्ने, उपचारका लागि आइसोलेसनमा राख्ने र आवश्यक उपचार गर्ने, मृतकहरुको शव व्यस्थापन गर्ने कार्यदेश पनि सीसीएमसीले पाएको थियो।

सीसीएमसीले स्वास्थ्यकर्मी परिचालन गर्ने, औषधि उपकरणको आपूर्ति सुनिश्चित गर्ने/गराउनेदेखि लिएर उपचार, आपूर्ति र सुरक्षासम्बन्धी विषयहरुमा निर्देशन दिन आवश्यक कार्यविधि र प्रोटोकलहरु तर्जुमा गर्ने र कार्यान्वयन गर्ने/गराउने कार्यदेश पाएको छ।

सीसीएमसीमा रहेर कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलाई चुस्त, पारदर्शी बनाउने कार्यमा सेनाले सक्रियता देखाएका बेला त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही अधिकारीहरु असहयोगी बनेका थिए।

बढ्दै गएको कोभिड-१९ बाट संक्रमण नियन्त्रण कार्य सीसीएमसीमबाट एकिकृत रुपमा काम गर्न र नदोहोर्‍याउन उच्चस्तरीय समन्वय समिति विघटन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ।

सुरक्षा परिषद्ले कोभिड‍-१९ रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने प्रस्ताव पारितका लागि मन्त्रीपरिषद्‌मा पेश गरेपनि त्यो त्यहाँ विचाराधिन छ।  उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरी अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने हुन्छ।

तयारी बलियो बनाउन नसकेका प्रदेशका मुख्यमन्त्रीहरुले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि खासगरी क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनको जिम्मा सेनालाई लगाउनु पर्ने अवस्था आएको भन्दै त्यसमा सहयोग गर्न केन्द्र सरकारलाई पटकपटक आग्रह गरिसकेका छन्।

केही दिनअघि देश सञ्चारसँग कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले  संक्रमितको संख्या बढ्दै गएकाले त्यसको नियन्त्रणको क्षमता आफूहरुमा नरहेकाले त्यसमा सेनाको सहयोग आवश्यक रहेको बताएका थिए।

त्यसका लागि आफूहरुले केन्द्र सरकारलाई आग्रह गरिसकेको उनको भनाइ थियो। सरकारले हालै कोभिड-१९ कारण विदेशबाट फर्किरहेका नागरिकलाई स्वदेश फर्काउने क्रममा विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म नागरिकलाई पुर्‍याउने जिम्मा दिएको थियो।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने नागरिकको संख्या बढ्दै गएको र स्थानीय तहलाई मात्रै क्वारेन्टिन निर्माण र त्यसको व्यवस्थापन गर्न हम्मेहम्मे परेकाले साढे सात हजार क्वारेन्टिन निर्माण गरिदिन सेनालाई आग्रह गरेको बुझिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्चस्तरीय स्रोतका अनुसार सेनाले मन्त्रालयको प्रस्ताव स्वीकृत गरेमा त्यसलाई सार्वजनिक गरिनेछ।

सरकारले हालै परराष्ट्र, कृषि र पर्यटनमन्त्रीलाई समावेश गर्दै सीसीएमसीको निर्देशक समितिको दायरा समेत फराकिलो बनाएको थियो।

पोखरेलको संयोजकत्वको निर्देशक समितिमा यसअघि गृह, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समावेश थिए।

सीसीएमसीसँग मुख्यसचिवको नेतृत्वमा सहजीकरण समिति छ भने त्यसका चार वटा ‘अप्रेसन’ रहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११/१२ औँ तहका कर्मचारीको नेतृत्वमा स्वास्थ्य सेवा तथा उपचार कार्य (मेडिकल अप्स), स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा आपूर्ति तथा अत्यावश्यक सेवा सहजीकरण कार्य(लजिष्टिक अप्स), गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य (सेक्युरिटी अप्स) र स्वास्थ्य मन्त्रालयका प्रवक्ताको नेतृत्वमा सूचना तथा प्रविधि कार्य (मिडिया एण्ड आइटी अप्स) रहेको छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष