पर्वत दुर्लुङमा पहिरोः पाँचजनाको मृत्यु, चारजना बेपत्ता

पर्वत दुर्लुङमा पहिरोः पाँचजनाको मृत्यु, चारजना बेपत्ता
+
-

पर्वत –पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोले पुरिएर पाँचजनाको मृत्यु भएको छ । पहिरोमा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो ।

उनीहरुको शव शनिबार राति नै फेला परेको थियो । यस्तै आइतबार बिहान दीपा थापा र कमला विकको शव फेला परेको प्रहरीले जनाएको छ । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुईजना बेपत्ता छन् ।

बेपत्ता हुनेमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । आइतबार बिहानदेखि पुनः उद्धारकार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार बेलुका ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?