सञ्चो नभएको भन्दै ओलीले फेरि स्थगित गरे सचिवालय बैठक

सञ्चो नभएको भन्दै ओलीले फेरि स्थगित गरे सचिवालय बैठक
+
-

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सञ्चो नभएको भन्दै अन्तिम समयमा आएर पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित गरेका छन्।

उनले आइतबार चार बजे बालुवाटारमा निर्धारित बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराएका हुन्।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको तर कारणबारे आफूहरुलाई जानकारी नगराइएको बताए।

तर पार्टी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सञ्चो नभएकाले अर्को दिन बसौँला भनेपछि बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गरेका छन् भने दुई पटक स्थायी कमिटी बैठक स्थगित गरेका छन्।

खासगरी नेकपामा एमसीसीलाई लिएर मत विभाजित भइरहेका बेला ओलीले आफ्नै सहमतिमा निर्धारण गरेका बैठकहरु स्थगित गर्दै आएका छन्।

यसअघि पनि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी तय गरेको सचिवालय बैठक स्थगित गरेका थिए।

आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।

अबको बैठक अनिश्चित बनेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष