युवाहरुको सीप विकासका लागि अनलाइनबाटै तालिम दिँदै ‘ग्लोकल’

युवाहरुको सीप विकासका लागि अनलाइनबाटै तालिम दिँदै ‘ग्लोकल’
+
-

काठमाडौँ– शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो, ग्लोकल। यस संस्थाले बिगत पाँच वर्षदेखि युवाहरुको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना पनि गर्दै आएको छ। विशेषगरी युवाहरुलाई केन्द्रित गरी उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ।

युवाहरुलाई समेटेर कम्पनीले लकडाउन अवधिभर कौशल विकासका लागि सामाजिक सञ्जाल ‘जुम’मार्फत विभिन्न सीपमूलक अनलाइन कक्षाहरु सञ्चालन गरेको थियो। ती कक्षाहरु निरन्तर सञ्चालन हुने ग्लोकलका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी दिए।

उनले लकडाउनले धेरै युवाहरु अन्यौलमा भएको र आफूहरुले उनीहरुलाई केही सीप सिकाउने उद्देश्यले अनलाइन कक्षा संचालन गरेको बताए।

अनलाइन कक्षामा युवाहरुलाई मन पर्ने क्षेत्रमा आफूहरुले सोही अनुसारको कक्षा सञ्चालन गर्ने गरेको बताए। ‘अनलाइन क्लासले युवाहरुले आफूलाई मन पर्ने ‘टपिक’ छानेर सोही अनुसारको कक्षा संचालन गछौँ ’, उनले भने, ‘हामीले लकडाउनमा सुरु गरेको अनलाइन क्लासलाई निरन्तरता दिन्छौँ।’

 कोरोना महामारीले कम्पनीका विभिन्न योजनाहरु ठप्प भएको उनले बताए। ‘उसो त देशको अर्थतन्त्र नै ठप्प छ। देश जस्तै कम्पनीका विभिन्न योजनाहरु ठप्प भएका छन्। सरकारले लकडाउन खुकुलो बनाए पनि कक्षाहरु संचालन गर्न अनुमति दिएको छैन। त्यसैले ती योजनाहरुलाई अब अनलाइनका माध्यमबाट अगाडी बढाउँछौ’, उनले भने।

यस्तै उनले कम्पनीले लकडाउनभर ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको बताए। अनलाइन पाठ्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा प्रदान गरी अहिलेको समयको उचित सदूपयोगका लागि बनाइएको उनको भनाइ छ।

‘इच्छुक भएकाहरुले घरमै बसेर अनलाइनमार्फत पाठ्यक्रम अनुरुप विभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्ने छन्’, ठाकुरले भने, ‘ग्लोकलले राम्रो शैक्षिक वातावरण सिर्जना गरी निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचीको विषयमा संलग्न भइ युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ।’

शिर्षक अनुसार कक्षामा १५ वर्षदेखि माथिका विद्यार्थीहरु करिब ४० जनासम्मको सहभागीता हुने उनले बताए। उनले भने, ‘उद्यमशीलता, व्यक्तिगत वित्तीय व्यवस्थापन, स्पिकिंग, एक्टिंग, लेखन, कम्यूनिकेशन, मिडिया एण्ड ब्लग लेखन, तथा करियर निर्माण आदि जस्ता शीर्षकहरूमा कक्षा संचालन गर्दै आएका छौँ। सोही अनुसार विद्यार्थीहरु क्लासमा जोडिन्छन्।’

उनले थपे, ‘फिल्म कसरी बनाउँछन् भनेर सिक्न चाहनेहरुका लागि एक हप्ताका लागि हामीले अनलाइन बुटक्याप संचालन गर्न गइरहेका छौँ। जसमा अन्तराष्ट्रिय स्तरका फिल्म मेकर हुन्छन्। उनीहरुले एक्टिङका बारेमा क्लास संचालन गर्छन् र उनीहरुलाई प्रोजेक्ट पनि दिन्छन्।’

यसैगरी अनलाइन पाठ्यक्रमहरू मात्र होइन, कम्पनीले महामारीको स्थितिमा किशोर र युवालाई बौद्धिक गतिविधिमा संलग्न गराउन तथा विश्वभर हुने घटनाहरूको बारेमा सचेत बनाउन जानकारी दिने गरेको पनि उनले बताए।

यस्तै किशोरहरुलाई विभिन्न पक्षमा बौद्धिक बनाउन हाजिरी जवाफ प्रतियोगिताहरू आयोजना गर्दै आएको र उक्त प्रतियोगिताका विजेताहरुलाई ६ लाखको छात्रवृत्ति पनि प्रदान गरिएको ठाकुरले बताए।

कम्पनीले युवा तथा किशोर किशोरीहरूलाई सीप प्रदान गरी विभिन्न गतिविधिमा संलग्न गराइरहेको पनि उनले जानकारी दिए। सामाजिक सञ्जालका माध्यमबाट कम्पनीले ‘ह्वई उइल रिभाइभ’ कार्यक्रम लाइभ आयोजना गर्दै आएको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गराई महामारीका बेला कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने गरेको उनले बताए।

‘महामारीका बेला विभिन्न क्षेत्रमा परेको असरबाट कसरी अगाडी बढ्न सक्छौँ भनेर छलफल गछौँ’, उनले भने, ‘ यो एक महत्वपूर्ण अभियान हो जसले समाज र राष्ट्रलाई हामी फेरि सबल हुनेछौँ भन्ने आशा राख्ने काम गरेको छ।’

उनले आगामी दिनहरुमा अनलाइनका माध्यमबाट नेपालमा अनलाइन सीप विकासका निम्ति कार्य गर्ने योजना भएको बताए।

‘हाम्रो कम्पनी सहयोग तथा साझेदारीमा विश्वास गर्छ’, उनले भने, ‘हामी नेपालमा अनलाइन सिकाइ दुनियाँभित्र एउटा नयाँ उद्यम बनाउने दिशामा छौँ’, उनले भने, ‘यो केवल एउटा उद्यम मात्र होइन। हामी त्यस्तो समुदायको निर्माण गर्दैछौँ, जसले नेपाली प्रशिक्षकहरूलाई प्रमोट र सहयोग गर्नेछ।’

उनका अनुसार यस महामारीले कम्पनीलाई सकारात्मकताका साथ यो स्थिति प्रक्रिया र आन्तरिक संचार सुधार गर्न र समग्र दक्षता बढाउने नयाँ तरिकाहरू अन्वेषण गर्न सहयोग पुगेको छ।

कम्पनीले आर्थिक प्रगतिलाई पनि जोड दिन प्रयास गरिरहेको उनले बताए। ‘व्यक्ति, समाज र राष्ट्रले लाभ लिन सक्दछन्। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रम शक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ’, उनले भने।

उनले अहिलेको समयलाई मध्यजर गर्दै र आगामी दिनहरुमा आउन सक्ने विपतको ख्याल गर्दै सरकारले अनलाइन कक्षाहरुलाई प्रोत्साहनका साथै सबैको पहुँच हुने व्यवस्था गर्नु पर्ने बताए।

‘सरकारले बजेट भाषणमा अनलाइन क्लासहरुमा जोड दिएपनि भनेअनुसारको पूर्वाधारको विकास गर्नुपर्छ। ताकी कोही पनि केही सिक्ने कुराबाट बञ्चित रहनु हुँदैन’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?