सबै रोगको जड दिमाग हो: स्वामी आनन्द अरुण

सबै रोगको जड दिमाग हो: स्वामी आनन्द अरुण
+
-

विराटनगर – बढ्दो व्यस्तता, परिवर्तित जीवनशैलीका कारण मानिसको दैनिकी पछिल्लो समय तनावमय बन्दै गएको छ।

यस तनावमय जीवनले मानिसलाई रोगीसमेत बनाइरहेको छ। यसैको व्याख्यामा शनिबार विराटनगरस्थित ओशो धर्मप्रदीप ध्यान आश्रममा आचार्य स्वामी आनन्द अरुणले भक्त तथा अनुयायीलाई तनावमुक्त रहन आग्रह गरेका थिए।

ओशो तपोवनका संस्थापक समेत रहेका आचार्य स्वामी आनन्द अरुणले अधिकांश रोगको मूलजड दिमाग भएकाले शान्तिका लागि ध्यान, चिन्तन गर्न आवश्यक रहेको बताए।

मेची महाकाली जागरण अभियान अन्तर्गत विराटनगर आएका स्वामी आनन्द अरुणले बुद्ध जयन्तीका दिनलाई वर्ल्ड मेडिटेसन अर्थात विश्व ध्यान, चिन्तन दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘शान्तिको अर्को रुप बुद्ध हुन्, आजको युगमा भगवान गौतम बुद्धको ध्यान गरे धेरै किसिमको तनावमय वातावरणबाट जोगिन सक्छौं।’

भगवान बुद्धको जीवनमा पूर्णिमाको दिन त्रियोगको रुपमा देखिएको बताएका स्वामी आनन्द अरुणले भने, ‘पूर्णिमाको दिन बुद्धले जन्म लिए, पूर्णिमाको दिन निर्वाण र पूर्णिमाको दिन नै शरीर त्याग गरे। यसैले पनि बुद्ध जयन्तीको महत्व बिशेष रहेको छ।’

अनुयायी भक्तजनहरुलाई प्रवचन दिने क्रममा उनले भने, ‘बुद्ध दिवसका क्रममा वर्ल्ड मेडिटेसनका रुपमा राष्ट्रसंघमा प्रस्ताव अघि बढाए समर्थन प्राप्त हुने सम्भावना बलियो छ। यसका लागि नेपाल सरकारले पहल गर्न आवश्यक छ।’

परिवर्तित जीवनशैलीका कारण मानिसहरुमा तनाव बढ्दै गएको बताएका स्वामी आनन्द अरुणले भने, ‘तनावको कारण मानिसमा विभिन्न मानसिक रोगको समस्या देखिएको छ। ८० प्रतिशत रोगको मुख्य जड दिमाग भएकाले मानसिक शान्तिका लागि समेत सबैले ध्यानलाई अंगिकार गर्नुपर्ने आवश्यक्ता छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?