
एजेन्सी- दक्षिणी फ्रान्सको एक सुपरमार्केटमा आईएसआईएस बन्दुकधारीले बनाएका बन्धकलाई छुटाउने क्रममा गोली लागी घाइते भएका प्रहरी अधिकारीको मृत्यु भएको छ।
४४ वर्षीय ती प्रहरी अधिकारी अर्नाउड बेल्ट्रामलाई बन्दुकधारीले बन्धक बनाएकी महिलालाई छुटाउने क्रममा गोली लागेको थियो।
दक्षिणी फ्रान्सको ट्रेब्स सहरस्थित सुपर यु सुपरमार्केटमा संदिग्ध आतंककारी रेडौन ल्याक्डिमले बन्धक बनाएकी महिलालाई बचाउने क्रममा बेल्ट्रामलाई गोली लागेको थियो।
‘उनले एक नायकजसरी लडेर ती जिहादी आतंककारीको हत्या प्रयास रोक्ने प्रयास गरे,’ फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले शनिबार बिहान जारी गरेको वक्तव्यमा भनेका थिए।
आन्तरिक मामिलामन्त्री जेरार्ड कोलोमले पनि अर्नाउड बेल्ट्राम देशका लागि मरेको भन्दै ट्विट गरेका थिए। ‘उसको नायकत्व, बहादरी र बलिदान फ्रान्सले कहिल्यै भुल्ने छैन,’ आन्तरिक मामिलामन्त्रीले भनेका छन्।
सम्बन्धित समाचार