हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएन, एफडिएले रद्द गर्‍यो आपतकालीन प्रयोग स्वीकृति

हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएन, एफडिएले रद्द गर्‍यो आपतकालीन प्रयोग स्वीकृति
+
-

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा आपतकालीन रुपमा प्रयोग हुँदै आएको मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन अमेरिकामा अब उपरान्त प्रयोग नहुने भएको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको हो ।

मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको छ ।

हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।

एफडिएले हाइड्रोक्सिक्लोरोक्वीन फिर्ता लिएपछि ट्रम्पले आफूले गर्दै आएको वकालतको बचाउ गरेका छन् ।

एफडिएले गएको मार्चमा कोरोना भाइरसबाट संक्रमित भएका केही गम्भीर बिरामीको आपतकालीन उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको थियो ।

तर सोमबार एफडिएले पछिल्ला परीक्षणबाट यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने नदेखिएको उल्लेख गरेको हो । यस्तै यसले संक्रमणबाट जोगाउन पनि नसक्ने प्रमाणित भएको एफडिएले जनाएको छ ।

ट्रम्पले भने आफूले औषधि खाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको भन्दै बचाउ गरेका छन् । आफूले दुई हप्तासम्म हाइड्रोक्सिक्लोरोक्वीन खाएको र आफूलाई अरु धेरै व्यक्तिले पनि यो औषधिले जोगाएको बताएको ट्रम्पले सोमबार पत्रकारसँग भनेका छन् । ट्रम्पले गएको मे मा आफूले सो औषधि खाइरहेको बताएका थिए ।

सो औषधिको प्रभावका बारेमा ठूलो विवाद सिर्जना भएको थियो । प्रतिष्ठित जर्न द लानसेटमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने भन्दा पनि बिरामीको मृत्युको जोखिम बढाउने र केहीमा मुटु सम्बन्धी समस्या देखिने उल्लेख थियो । त्यसपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्कालका लागि सो औषधिको परीक्षण नै रोक्यो ।

तर तथ्यांकको विश्लेषणमा गम्भीर त्रुटी भएको देखिएपछि लानसेटले सो अध्ययन प्रतिवेदन फिर्ता ग¥यो र डब्लुएचओले पुनः परीक्षण थालेको थियो ।

यो पनि पढ्नुहोस्

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन

हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने डब्लुएचओको निर्णय

हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने डब्लुएचओको निर्णय

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?