
आफूलाई खतरामा पारेर समस्यामा रहेकालाई सहयोग गर्ने सीमित मानिस व्यक्तिको सम्झना असीमित बनी दिन्छ । फ्रान्समा शुक्रबार एक सुपर मार्केट भएको इस्लामिक बन्दुकधारीको आक्रमणको क्रममा समस्यामा रहेकी महिलालाई जोगाउन आफूलाई अप्ठ्यारोमा पारेका प्रहरी अधिकारीले आक्रमणकारीसँगको संघर्ष अनि मानवीय सम्बन्धको मुद्दामा जिते ।
तर त्यस क्रममा आफ्नो जीवन नै संकटमा पारेका ती अधिकारीले भने मृत्यसँग भने जित्न सकेनन् । उनको निधन भयो । भौतिक शरीरले छोडे पनि उनका लागि सम्झनामा आँसु बगाउने, माया गर्ने अनि सम्झिहरने धेरै भएका छन् । अहिले फ्रान्सभर ती प्रहरी अधिकारी जो अरुलाई जोगाउने क्रममा आफूलाई मेटाए, उनको सम्झनामा डुबेको छ ।
दक्षिणी फ्रान्सको एक सुपरमार्केटमा शुक्रबार आफूलाई इस्लामिक स्टेट आइएसको कार्यकर्ता बताउने व्यक्तिले आक्रमणगर्दा तीनजनाको ज्यान गएको थियो ।
२५ वर्षको आक्रमणकारीको नाम रेडवाड ल्याकदिम रहेको प्रहरीले बताएको छ । आक्रमणकारीको कब्जामा रहेका सर्वसाधारण नागरिकलाई छुटाउन आफूलाई उसको जिम्मा लगाएका प्रहरी अधिकारी अ्रनाउड बेल्ट्रामीको निधन भएपछि अहिले फ्रान्समा उनको सम्झना तथा श्रद्धाञ्जलीका लागि कार्यक्रम भइरहेका छन् ।
उनको सम्मानमा फ्रान्सभर झण्डा आधा झुकाइएको छ । ४४ वर्षका अ्रनाउड बेल्ट्रामीले सुपर मार्केटमा भएको आक्रमणकै क्रममा केही मानिसलाई सुरक्षित रुपमा बाहिर निकाल्न सफल भए ।
तर आक्रमणकारीले एक महिलालाई मानव ढालको रुपमा प्रयोग गरेका थिए । तर उनले ती महिलाको सट्टा आफूलाई आक्रमणकारीको जिम्मा लगाए ।
त्यसक्रममा उनले आफ्नो मोबाइल फोन अन नै राखेका थिए, त्यहि आधारमा प्रहरीले त्यहाँ गएर जवाफी कारवाही गर्न सफल भयो । तर आक्रमणको क्रममा अ्रनाउड बेल्ट्रामी गम्भीर घाइते भए । अनि उपचारको क्रममा उनको शनिबार निधन भयो ।
आक्रमणकारी ल्याकदिमले सन् २०१५ को नोभेम्बर १५ मा पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको आक्रमणका एक मात्र जीवित आरोपी सालह अब्देशलाई रिहा गर्न माग गर्दै आक्रमण गरे थिए । शुक्रबार भएको आक्रमणमा ल्याकदिमको सहयोगी रहेको भनिएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना कसरी भयो ?
आक्रमणको सुरुवात स्थानीय समय अनुसार शुक्रबार बिहान भएको हो । कारकासोन्नेमा ल्याकदिमले एक यात्रुको हत्या गरी कार नियन्त्रणमा लिएका थिए । त्यसपछि उनले आफ्ना सहकर्मीसँग जगिङ गरिरहेका एक प्रहरी अधिकारीलाई आक्रमण गरी घाइते बनाए ।
ल्याकदिमले त्यसपछि केही किलोमिटर पर ट्रेबेस शहरमा गएर त्यहाँ रहेको सुपर यु सुपरमार्केटमा आफू इस्लामिक स्टेट आइएसको कार्यकर्ता रहेको भन्दै आक्रमण सुरु गरेको र त्यहाँ रहेको नागरिकताई बन्धक बनाएको प्रहरीले बताएको छ ।
त्यहाँ आक्रमणकारीले एकजना ग्राहक र एकजना स्टोरका कर्मचारीमाथि आक्रमण गरी उनीहरुको हत्या गरेको प्रहरीको भनाई छ । अरु सबैलाई ती आक्रमणकारीले बन्धक बनाए । तर अ्रनाउड बेल्ट्रामीको सहयोगमा सुरक्षाकर्मीले धेरै क्षति हुनबाट रोक्न सफल भए ।
अ्रनाउड बेल्ट्रामी र उनको सम्झना
उनका भाइ सेड्रिकले अ्रनाउड बेल्ट्रामीसँग अरु कुनै विकल्प नभएकाले आफैलाई बिद्रोहीको जिम्मा लगाएर सर्वसाधारणको ज्यान जोगाउनु परेको बताए । उनको काम ड्युटी भन्दा बाहिरको र धेरै माथिको रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘अ्रनाउड बेल्ट्रामीले अपरिचितका लागि आफ्नो जीवन दियो । अरु कुनै विकल्प थिएन र त उसले यस्तो गर्न अघि बढ्यो । उसले आफ्नो ख्याल गरेको भए अरु धेरैको जीवन समस्यामा पर्ने थियो सायद ।’
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलेसमेत अ्रनाउड बेल्ट्रामीलाई ट्रिब्युट दिएका छन् । राष्ट्रपति म्याक्रोनले अ्रनाउड बेल्ट्रामी हिरो जसरी ढलेको बताए । उनको काम निस्वार्थको उच्चतम रुप रहेको पनि बताएका छन् ।
सम्बन्धित समाचार
आफूलाई आक्रमणकारीको जिम्मा लगाएर महिलाको ज्यान जोगाउने प्रहरी