
अस्ट्रेलियाका खेलाडी क्यामरन बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बल टेम्परिंग अर्थात बलमा केही गडबडी गरेको स्वीकार गरेका छन् ।
अस्ट्रेलियाका कप्तान स्टीव स्मिथले माफी माग्दै यो योजनाबारे आफू पहिले नै जानकार रहेका पनि बताएका छन् ।
टेलिभिजन फुटेजमा बेनक्राफ्टले बल चम्किलो बनाउनु पहिले खल्तीबाट केही निकाल्दै गरेको देखिएको छ । बेनक्राफ्टले त्यो पहेँलो टेप रहेको बताएका छन् ।
ठूलो गल्ती भयो
बेनक्राफ्टले खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै २५ वर्षे बेनक्राफ्टले आफ्नो गल्ती स्वीकार गर्दै आफूमाथि बलको अवस्था फेर्ने कोशिश गरेको आरोमा कारवाही प्रक्रिया सुरु भएको पनि उनले बताएका छन् ।
कप्तान स्मिथले ठूलो गल्ती भएको तर कप्तानी छोड्ने कुरा भने नरहेको बताए । टिम लिडरशिप ग्रुपसँग चर्चा भएर नै फाइदा लिन सकिने एक तरिकाको रुपमा यो प्रक्रिया अपनाइएकाले आफूले कप्तानी नछोड्ने उनको भनाई छ ।
केपटाउनमा भएको टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाले दोस्रो पारीमा पाँ विकेट गुमाएर २३८ रन बनाएको थियो । खेलमा उसले २९४ रनको अग्रता लिएको छ ।
दिनको खेल सकिएपछि बेनक्राफ्ट र स्मिथले सञ्चारकर्मीसँग कुरा गर्दै माफी मागेका छन् । बेनक्राफ्टले भने,
‘यसबाट जो मेरो प्रतिष्ठामा नोक्सानी भएको छ त्यसलाई भोग्नुको विकल्प छैन । मलाई यसका लागि कुनै दबाब दिइएको थिएन ।धेरै क्यामरा भएकाले नर्भस भने थिएँ ।’
स्मिथले भने,
‘हामीले गलत विकल्प रोज्यौँ । यसमा गहिरो दुःख छ । प्रशिक्षक यसमा सामेल थिएनन् । यो सम्पूर्ण रुपले हाम्रो लिडरशिप ग्रुपमा रहेका खेलाडीको काम हो । माफी चाहन्छु तर अस्ट्रेलियाको टिम यस्तो छैन ।’
कसरी सार्वजनिक भयो ?
बल जब बेनक्राफ्टको तर्फ फालियो । तब उनले बल चम्किलो बनाउ सुरु गर्नु पूर्व नै आफ्नो खल्तीबाट केही निकाले अनि बल चम्किलो बनाएपछि फेरि त्यो बस्तु खल्तीमै राखेको टिभी फुटेजमा देखिएको छ ।
यो फुटेज प्रशारण भएपछि मैदानमा रहेका बेनक्राफ्टलाई यसबारेको जानकारी दिइयो । उनले आफ्नो खल्तीमा रहेको त्यो बस्तु अम्पाएरसँग कुरा गर्नु पहिले नै ट्राउजरको भित्र हाले ।
त्यसपछि उनले आफ्नो खल्ती देखाए, त्यसमा कालो कपडा मात्रै थियो । अम्पाएरले बल फेरेनन् । तर स्क्रिनमा तस्बिर देखाइसकिएको थियो । त्यसपछि दर्शक कराउन थाले ।
अस्ट्रेलियाले यस बारे अनुसन्धान सुरु गरेको छ र तत्कालका लागि स्मिथ नै कप्तान रहने पनि जनाएकोम छ ।