कर्णालीका सरकारी कार्यालयमा फेसबुक प्रतिबन्ध

कर्णालीका सरकारी कार्यालयमा फेसबुक प्रतिबन्ध
+
-

सुर्खेत-कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक प्रतिवन्ध गरिने भएको छ।

जनतासँग प्रत्यक्ष सरोकार राख्‍ने सरकारी कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुक प्रतिबन्ध लगाउने योजना अगाडी बढाएका हुन।

सरकारी कार्यालयमा फेसबुक रोक लगाउनेबारे मुख्यमन्त्री शाहीले आईतवार सरकारी र नीजि स्वामित्वमा रहेका इन्टरनेट सेवा प्रदायकहरुसंग छलफल गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफल अनुसार पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयहरुमा फेसबुक बन्द गरिने भएको छ।

विहान १० बजेदेखी बेलुका चार बजेसम्म कार्यालय अवधिमा फेसबुक प्रतिवन्ध गरिने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले बताए।

उनका अनुसार सोमबार नै मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई आधिकारीक पत्र पठाएर फेसबुक नचल्ने बनाइने छ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सरकारी कार्यालय र विद्यालयहरुमा कार्यालय सञ्चालन अवधिमा फेसबुक बन्द गर्ने अभिव्यक्ति दिएका थिए।प्रदेश सरकारका प्रवक्ता विमला केसीले दुई चरण गरेर कुन–कुन कार्यालयमा कसरी फेसबुक सञ्चालनमा रोक लगाउन भन्ने बारेमा छलफल अगाडी बढाइने बताइन्।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीले जनताको कामभन्दा सामाजिक सञ्जाल फेसबुकमा बढी अभ्यस्त हुन थालेपछि फेसबुक बन्द गरिने भएको हो।

सुर्खेतस्थित नेपाल टेलिकम, वल्र्डलिंक, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?