डब्लुएचओले पुनः रोक्यो हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण

डब्लुएचओले पुनः रोक्यो हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण
+
-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ ।

द लानसेट जर्नलमा केही समयअघि प्रकाशित अनुसान्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटु सम्बन्धी समस्या हुने देखिएपछि डब्लुएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो।

तर सो अनुसन्धान प्रतिवेदनको तथ्यांकमा कमजोरी देखिएको भन्दै लानसेटले अनुसन्धान प्रतिवेदन फिर्ता लिएपछि डब्लुएचओले पुनः हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरु गरेको थियो ।

फेरि डब्लुएचओले विभिन्न देशमा गरिएका प्रयोगमा कोरोना भाइरसका संक्रमितको उपचारमा कुनै सहयोग वा फाइदा नपुगेको देखिएकाले हाइड्रोक्सिक्लारोक्वीनको परीक्षण रोकिएको बताएको छ ।

यसअघि सोमबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको थियो ।

मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको थियो ।

हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको दुई दिनपछि डब्लुएचओले पनि परीक्षण रोकेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।

यसैबिच डब्लुएचओले पनि कोरोना भाइरसका संक्रमितको उपचारमा डेक्सामेथासोनको प्रभाव राम्रो देखिएको बताएको छ । डब्लुएचओका प्रमुखले स्टेरोयड डेक्सामेथासोन गम्भीर बिरामीलाई फाइदा गर्ने बताए ।

डब्लुएचओलाई उपलब्ध गराइएको प्रारम्भिक तथ्यांकमा कोभिड–१९ बाट गम्भीर बिरामी परेका व्यक्तिको उपचारमा डेक्सामेथासोनले सकारात्मक प्रभाव गरेको देखिएको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएन, एफडिएले रद्द गर्‍यो आपतकालीन प्रयोग स्वीकृति

हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएन, एफडिएले रद्द गर्‍यो आपतकालीन प्रयोग स्वीकृति

हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने डब्लुएचओको निर्णय

हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने डब्लुएचओको निर्णय

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी प्रतिष्ठित अनुसन्धानको सत्यतामा प्रश्न, फिर्ता लिइयो प्रतिवेदन

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो

ट्रम्पले खाएको र सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखियो

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

ट्रम्पले कोरोना भाइरसबाट जोगिन खान थाले अप्रमाणित औषधि हाइड्रोक्सिक्लोरोक्वीन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?