नेपाल-चीन सम्मेलन

नेकपा विदेश विभाग प्रमुख नेपाल अनुपस्थित,जानकारी नगराइएको दाबी

नेकपा विदेश विभाग प्रमुख नेपाल अनुपस्थित,जानकारी नगराइएको दाबी
+
-

काठमाडौँ– पार्टी विदेश विभागलाई पूर्णरुपमा बाहिर राखेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा, स्कूल विभागले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसँग नेपालमा शासन र भ्रष्टाचारबारे उच्चस्तरीय भिडियो कन्फरेन्स गरेको छ।

सीपीसीको अन्तर्राष्ट्रिय विभाग, सीपीसी, तिब्बत स्वशासित क्षेत्र र नेकपाद्धारा संयुक्तरुपमा आयोजित कन्फेरेन्समा पार्टीका वरिष्ठ नेता एवं प्रधामन्त्री समेत रहेका नेता नेपाललाई कन्फरेन्सबारे जानकारी नै नदिएको बुझिएको छ।

कन्फरेन्समा अर्का वरिष्ठ नेता झलनाथ खनाल समेत सामेल छैनन्। खनाललाई पनि कन्फेरेन्सबारे कुनै जानकारी नआएको उनका प्रेसं संयोजक कृष्ट भट्टराईले बताए। तर कन्नफेरेन्समा पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सामेल भएका छन्।

कन्फेरेन्समा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले नेपालको प्रशिक्षित गरेका थिए। गत वर्ष चिनियाँ प्रधानमन्त्री सि जिङ फिङले नेपाल भ्रमण गर्नु भन्दा केही समय अघि सीपीसी र नेकपा नेतृत्वले ‘सी पथ’ बारे अनुभवको आदानप्रदान र प्रशिक्षणका लागि संस्थागतरुपमा सहकार्य गर्ने निर्णय गरेका थिए।

तर त्यो बेला नेकपाको स्कूल र विदेश विभागको समन्व्यमा त्यस्तो कार्यक्रम भएको थियो भने यसपल्ट स्कूल विभागले एकाधिकार कायम गरी विदेश विभागलाई सम्पूर्णरुपमा अलग राखेर कन्फरेन्स गरेको छ।

सीमा विवाद र संविधान संशोधनलाई लिएर भारतसँगको सम्बन्ध चिसिएको बेला चीनसँगको यो सम्मेलन गर्नु सामान्य कुटनीतिको ख्याल नगरिएको आरोप पार्टीभित्रकै नेताहरुले लगाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष