
काठमाडौँ – बर्खा सुरु भएसँगै सडक यात्रा जोखिमपूर्ण बनेको छ। पहाडमा पहिरो जान थालेपछि सडकहरु अवरुद्ध हुन थालेका छन्।
तराईमा नदीमा पानीको वाहाव बढेपछि बाढीको त्रसा बढेको छ। यही समयमा बाटो निर्माणको काम हुन थालेपछि यात्रा थप कष्टपूर्ण बनेको छ।
पहिरोलगायत दीर्घकालीन जोखिम नियन्त्रण हुनेगरी सडक निर्माण भएको भए वर्खा सुरु हुने बित्तिकै यात्रुको जीवन जोखिममा पर्ने थिएन।
तर त्यस्तो सोचको अभाव, टालटुले प्रवृति मौलाउँदै जाँदा दुर्घटनाबाट मानिसका ज्यान जान थालेको छ। काठमाडौँ सुर्खेत यात्राका क्रममा सडकमा देखिएका केही जोखिमपूर्ण दृश्यहरु।