म्यानमारमा सुरुभयो पहिलो केबलकार सेवा

म्यानमारमा सुरुभयो पहिलो केबलकार सेवा
+
-

यांगुन- म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ ।

चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा सुरु भएको समाचारमा जनाइएको छ ।

म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन्।

दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्‍चालनमा ल्याएको उनीहरुले बताएका छन् ।

देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गरे।

उक्त सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ। केबलकारको हरेक डिब्बामा बढीमा आठ जना बस्न मिल्ने व्यवस्था छ।

याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जनाएका छन्।

यो पनि हेर्नुहोस्:

म्यानमारमा पहिलो महिना नै ६ हजार ७ सय रोहिंग्‍या मारिएको खुलासा

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?