कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु
+
-

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरु भएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । झण्डै ३०० जनालाई आउँदा हप्ताहरुमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने छ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरु भएको हो ।

अक्सफाोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

इम्पेरियल कलेजको टिमले बनाएको खोपको परीक्षणमा स्वतन्त्रमा रुपमा सहभागी हुन चाहेका व्यक्तिलाई प्रारम्भिक डोज दिइने छ ।

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरु हुनेछ । दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् ।

इम्पेरियल कलेजका वैज्ञानिकहरुले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरुमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।

यसैबिच बेलायती राजकुमार विलियम्सले अक्सोफोर्ड विश्वविद्यालयमा खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा सहभागी भएका व्यक्तिहरुलाई भेटेका छन् । द ड्युक अफ क्याम्ब्रिजले परीक्षणमा सहभागी भएका व्यक्तिहरुलाई धन्याबाद ज्ञापन गरेका छन् ।

यो पनि पढ्नुहोस्

खोप तयार भए लगत्तै ४० करोड डोज पाउने गरी युरोपले गर्‍यो सम्झौता

खोप तयार भए लगत्तै ४० करोड डोज पाउने गरी युरोपले गर्‍यो सम्झौता

पोलियो विरुद्धको खोपले कोभिड १९ विरुद्ध पनि प्रभावकारी काम गर्ने वैज्ञानिकहरुको दाबी

पोलियो विरुद्धको खोपले कोभिड १९ विरुद्ध पनि प्रभावकारी काम गर्ने वैज्ञानिकहरुको दाबी

कोरोना भाइरसविरुद्धको खोपको अन्तिम तथा बिस्तारित परीक्षण सुरु हुँदै

कोरोना भाइरसविरुद्धको खोपको अन्तिम तथा बिस्तारित परीक्षण सुरु हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?